अब ८० हजारमा किन्नुहोस् झोलामा बोक्न मिल्ने जम्मा ३ किलोको कार ,,,,


कारभित्र झोला होइन की झोलाभित्र कार राख्ने जमाना आएको छ । झोलाभित्र कार राखी उक्त झोला पिठ्युँमा बोकेर ठमठमी हिँड्ने र कार चढ्न मन लागेको बेला झोलाबाट कार निकालेर जोडजाड पारी चढेर गुडाउने दिन आउँदैछ ।
हो, जापानी इन्जिनियरले यस्तो पोर्टेबल कारको विकाश गरेका छन् जसलाई झोलाभित्र राख्न सकिन्छ । ‘वाककार’ नाको उक्त पोर्टेबल गाडी यति सानो छ की त्यसलाई ब्याकप्याक मा राख्न सकिन्छ र ३ घण्टाको चार्जिङ पछि १० किलोमिटर प्रतिघण्टाको गतिमा १२ किलोमिटर सम्म गुडाउन सकिन्छ । चढ्ने मानिसको वजनबाटै यो कारको गति नियन्त्रण गर्न सकिन्छ ।
२६ वर्षे इन्जिनियर कुनियाको साइटो र उनको टोलीले हालै कोकोआ मोटर्स कम्पनीमा लिथियम ब्याट्रीवाला ‘वाक कार’ निर्माण गरेका छन् । यो कार ल्यापटपको आकारको छ र सडकमा राख्दा स्केटबोर्ड जस्तो देखिन्छ ।
रिपोर्ट अनुसार यो कारले १२० किलो सम्मको वजन धान्न सक्छ । चालक यो कारमा उभिने बित्तिकै कार आफै चल्दछ र चालक झरेपछि आफै बन्द हुन्छ । आल्मुनियमबाट बनेको यो कारको तौल २-३ किलो मात्र छ ।
सबैभन्दा राम्रो कुरा त के भने यो कारलाई पार्किङ गर्नका लागि कुनै ठूलो पार्किङ स्थलको आवश्यकता पर्दैन । किनकी यसलाई सजिलैसँग झोलामा राख्न सकिन्छ ।
निर्माता साइटोका अनुसार अर्को महिनादेखि यो झोलामा राख्न सकिने कारको अनलाइन बुकिङ सुरु हुनेछ । किक स्टार्टर वेबसाइटमा यो कार बुक गर्न सकिनेछ । यसको सम्भावित मूल्य ८ सय डलर हुने बताइएको छ । एजेन्सीको सहयोगमा,,

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

यो पोस्ट कस्तो लाग्यो हजुर हरुलाई कृपया प्रतिक्रिया दिनु होला हामीलाई हजुरहरुको सल्लाह शुझाब्को खाँचो छ सल्ला शुझाब दिनुहोला फुर्सदमा हाम्रो साइट तिर पनि भिजिट गर्दै गर्नुहोला