सार्जा विमानस्थलमा रोकिएका नेपाली चलचित्रका चर्चित कलाकार कतार आइपुगेका छन् । उनीहरुलाई आयोजकले नयाँ एयरलाइन्सबाट कतार ल्याएको हो ।
नायक निखिल उप्रेती, आर्यन सिग्देल, नायिकाहरु करिश्मा मानन्धर, संचिता लुइटेल, अनु शाह, आना शर्मा, जुरीका सदस्य, चलचित्र प्राविधिक संघका सदस्य, पत्रकारद्धय नरेश भट्टराई र सन्दिप सापकोटा लगायतका ३ दर्जन बढी कलाकार कतार आइपुगेका छन् । लामो समयदेखि विमानस्थलमा बस्नु परेकाले पनि कलाकर्मी केही थकित देखिएका थिए ।
तर, कतार विमानस्थलमा आउने वित्तिकै नेपाली दर्शकले देखाएको मायाले उनीहरु उत्साहित देखिएका थिए । नायक निखिल उप्रेती र आर्यन सिग्देललाई विमानस्थलमा नेपाली घेरेका थिए । उनीहरुसँग तस्बिर खिचाउनका लागि कतारमा रहेका नेपालीहरु उत्साहित भएका थिए ।aana
अब, कतारमा करिब ६ दर्जन कलाकार आइपुगेका छन् । आज बेलुकी स्थानिय समय अनुसार ५ बजेबाट अवार्ड सुरु हुनेछ । अवार्डका लागि आयोजकले भव्य स्टेज बनाएको छ । अवार्डमा करिब १७ हजार दर्शक सहभागी हुने विश्वास लिइएको छ ।
चलचित्र प्राविधिक संघले अन्तरराष्ट्रिय कलाकार मञ्चसँग सहकार्य गर्दै यो अवार्डको आयोजना गर्न लागेको हो । अधिकांश कलाकारले एयर अरेबियाको कारणले आफूहरुलाई दुख पाएको भन्दै र्फकदा नयाँ एयरलाइन्सको व्यवस्था गर्न आयोजकलाई भनेका छन् ।karisma-didi
एयरलाइन्सका कर्मचारीले ट्रान्जिटमा अभद्र व्यवहार गरेको कलाकारको गुनासो छ । तर, पनि आफूहरु नेपालीको माया पाउँदा अत्यन्त खुशी भएको भन्दै उनीहरुले अवार्ड भव्य बन्नेमा विश्वस्त रहेको बताए । चलचित्र पत्रकार संघका महासचिव तथा सेन्सर बोर्ड सदस्य सन्दिप सापकोटाले भने-‘एयर अरेवियासँग आफ्नो जायज कुराहरु सौहाद्र पूर्ण रुपमा राख्दा पनि कलाकारहरूलाइ दुख दिने काम कर्मचारीहरुले प्रस्तुत गरेका कारणले पनि मैले आक्रोश व्यक्त गरेको हुँ । कलाकार देशका गहना हुन् । यी गहनाहरुको सम्मान सधै हुनुपर्छ भन्ने पक्षमा म छु । उनीहरुप्रति गलत व्यवहार भएपछि मैले प्रतिवाद गरेकै हो
२०७१ साउन ११ गते १३:४८ मा प्रकाशित
चलचित्र ‘टाइगर द रियल हिरो’को एक गीतको छायांकन हालै मात्र गरिएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रयको शब्दमा रहेको ‘तिमीलाई दुखी बनाएर जीउन चाहन्न म’ बोलको गीतको छायांकन गरिएको हो ।
गीतमा नायिका शुभेच्छा थापा र कलाकार अशोक फुयाँललाई फिचरिङ गरिएको छ । राजु गिरीको निर्देशनमा तयार भएको यो सिनेमामा अर्जुन पोख्रेलको संगीत छ । एक्सन र प्रेमले भरिएको सिनेमामा सुशान्त कार्की, समिक्षा अर्यालको पनि अभिनय छ ।
काठमाडौ, असार ७ - नेपाली बालिका तेरिया मौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधी जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो ।
५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी १२ वर्षीय तेरियाले भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई पछि पार्दै उपाधी जितेकी हुन् ।
दर्शकबाट प्राप्त मतको आधारमा तेरियालाई विजयी घोषणा गरिएको हो । उपाधिसँगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाउनेछिन् ।
प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए। स्रोत : कान्तिपुर
तल भिडियो हेर्नुहोस
TERIA MAGAR (DID LITTLE MASTER 2014)