दलहरुबीच सहमति जुटे असोज तेस्रो साता नयाँ सरकार ७ असोज, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनको मुख्य एजेण्डासहित रुपान्तरित व्यवस्थापिका संसदको अधिवेशन बोलाउने तयारी सुरु भएको छ । दलहरुबीच सहमति जुटे छिटोमा असोज तेस्रो साता नयाँ सरकार गठन हुनेछ ।
chairसंसदको अधिवेशन आहृवानबारे कानूनमन्त्री नरहरि आचार्यले सभामुख सुवास नेम्वाङ र प्रमुख दलका प्रमुख समेतकहरुसँग परामर्श गरेका छन् ।
स्रोतका अनुसार सभामुखसँगको परामर्शपछि प्रधानमन्त्री कोइरालाले शुक्रबार संसद अधिवेशन आहृवानको सिफारिस गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्नेछन् र यसरी आहृवान गर्दा सात दिन बाटोको म्याद राखिन्छ ।
एक नेताले भने-‘९/१० गतेतिर राष्ट्रपतिले आहृवान गर्नु हुनेछ । यसरी गर्दा १५ वा १६ गतेका लागि संसदको बैठक बोलाइने छ ।’
नयाँ संविधानमा भएको संक्रमणकालीन व्यवस्था अनुसार संसदको पहिलो बैठक बसेको सात दिनभित्र सहमतिका आधारमा सहमति सरकार गठन गर्न राष्ट्रपतिले संसदलाई आहृवान गर्नेछन् । सहमति नभए बहुमतका आधारमा प्रधानमन्त्री चयन हुनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । तर, अन्य केही नेताहरु पनि प्रधानमन्त्रीका लागि बलिङमा लागेकाले सात दिनभित्र प्रमुख दलहरुबीच सहजै सहमति जुटिहाल्छ भन्न सकिँदैन । यस्तोमा संसदबाट नयाँ प्रधानमन्त्री चयन केही पर धकेलिन सक्ने नेताहरुश्रले बताएका छन् ।
संसद अधिवेशन आहृवान भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन गर्नु हुन्छ भने एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनेछ ।
बानेश्वरमा तनाव, हिन्दुवादीमाथि पानीको फोहोरा र लाठी प्रहार
२८ भदौ, काठमाडौं । संविधानसभाले नयाँ संविधानमा धर्मनिरपेक्षता कायमै राख्ने प्रस्ताव पारित गर्दा बाहिर बानेश्वरमा तनाव उत्पन्न भएको छ । हिन्दु राष्ट्र माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच भडप भएको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपाल, खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र महाअभियान र कमल नयनाचार्यको समूहले माइतीघर मण्डलाबाट जुलुस निकालेको थियो
जुलुस बानेश्वरमा पुगेपछि झडपमा परिणत भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि तनाव उत्पन्न भएको हो । झडका क्रममा प्रहरीले पानीको फोहोराका साथै लाठी चार्ज गरेको छ
प्रदर्शनकारीले राष्ट्रंघको एउटा गाडीमा तोडफोड गरेका छन् । तिरतवितर भएका प्रदर्शनकारीहरु एकीकृत भएका छन् र सभा गरिरहेका छन् ।

१७ मंसिर, सप्तरी । घात अन्तरघातका कारण चुनाव हार्नुपरेको भन्दै एमाले सप्तरीमा भाँडभैलो शुरु भएको छ । १ नम्बर क्षेत्रीय कमिटिको बैठकले चुनाव हराउन भूमिका खेलेको आरोपमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एवम् समानुपातिक उमेदवार उषा पोखरेल र जिल्ला कमिटिका प्रचार विभाग प्रमुख प्रकाश खतिवडालाई कारवाही गर्न माग गरेको छ ।
रुपनगरमा बसेको क्षेत्रीय कमिटिको बैठकले पोखरेल र खतिवडालाई कारवाही गर्न माथिल्लो कमिटिसाग माग गर्ने निर्णय गरेको हो । बैठकमा कन्द्रीय कमिटि सदस्य सत्यनारायण मण्डल, क्षेत्रीय इन्चार्ज बसन्त मिश्र, पूर्व जिल्ला कमिटि सदस्य शिवनारायण साह र विष्णुदेव चौधरीले समेत अन्तराघात गरेको भन्दै चर्काचर्की भएपछि छानविन गर्न क्षेत्रीय कमिटि अध्यक्ष बोधराज सुवेदीको संयोजकत्वमा छानविन आयोग गठन गरेको हो ।
कारवाही प्याकुरेलमाथि नैः खतिवडा
यता कारवाहीको सिफारिसमा परेका एमाले सप्तरीका प्रचार विभाग प्रमुख प्रकाश खतिवडाले आरोप तथ्यहीन भएको भन्दै प्रमाणित गर्न चुनौति दिनुभएको छ । पार्टी विरुद्ध आफूले अन्तरघात नगरेको दावी गर्दै खतिवडाले जिल्लाका ५ वटै क्षेत्रमा हराउन क्षेत्र नं. का उमेदवार सुमनराज प्याकुरेलको मूख्य भूमिका रहेको बताउनुभएको छ । जिल्लाका सबैजसो कार्यकर्तालाई एक नम्बर क्षेत्रमा केन्द्रीत गरी राष्ट्रिय र स्थानीय सबै स्रोतको दुरुपयोग गरी आफ्नो क्षेत्रमा लगाएको खतिवडाको भनाई छ । ‘पार्टी कार्यकर्तालाई अविश्वास गरी अन्य पार्टीका नवप्रवेशीहरुलाई महत्व दिइयो, संगठन भन्दा पैसाको बलमा चुनाव जित्ने दुस्साहस भएको छ ।’ खतिवडाले भन्नुभयो ।
क्षेत्र नं. ३ का राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य समेत रहेका प्याकुरेलले मतदान गरेको क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फका उमेदवार मञ्जु साहले प्याकुरेलकै कारण ५ सय ३ मत मात्र प्राप्त गरेको प्रचार विभाग प्रमुख खतिवडाको दावी छ । ‘आफूले चुनाव जित्न प्याकुरेलले क्षेत्र नं. ३ मा कांग्रेससाग सौदावाजी गरेका थिए, २ सय ५५ मतले क्षेत्र नं. ५ मा पराजित एमाले अध्यक्ष गोविन्द न्यौपानेलाई हराउने काममा समेत प्याकुरेलको भूमिका छ ।’ खतिवडाले भन्नुभयो ।
प्याकुरेलको योजना र राज्यव्यवस्था विभागका सदस्य दीवाकर देवकोटा, अञ्चल सदस्य जगदीश साह तथा जिल्ला अधिवेशनमा न्यौपानेसाग अध्यक्ष पदमा पराजित भएका देवनारायण चौधरीको प्रत्यक्ष संलग्नतामा क्षेत्र नं. ५ मा न्यौपानेलाई हराएको खतिवडाले आरोप लगाउनुभयो ।
यता छानविन गर्न बनेको आयोग नै विवादमा तानिएको छ । आयोगमा पार्टी अनुशासन उलंघन गरी ०६४ को संविधानसभा निर्वाचनमा एमाले छाडेका र मंसिर ४ भन्दा हप्ता दिनअघिमात्र एमालेको टीका थापेका उपेन्द्र नारायण साह र लामो समयदेखि अमेरिका बस्दै आएका तथा चुनाव जिते राजनीतिक नियुक्ति गराईदिने आश्वासन पाएका सुरेश पोखरेल आयोगका सदस्य रहनुले पनि आयोग निर्देशित प्रतिवेदन तयार पार्ने खतिवडाले दावी गर्नुभयो ।
यसैबीच चुनावी समीक्षा गर्न बसेको क्षेत्रीय भेलामा चुनावमा एक करोड खर्च भएको प्याकुरेलले बताउनुभएको क्षेत्रीय भेलामा उपस्थित रुपनगर-२ का मनिष श्रेष्ठले बताउनुभयो । भेलामा कार्यकर्ताको एक एक नाम लिंदै प्याकुरेलले खर्च अनुसार भोट नआएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको थियो । चुनावी खर्चको नाममा आफ्नै कार्यकर्तालाई समेत खरिद विक्री गरेको श्रोतको दावी छ ।
क्षेत्रीय कमिटिको बैठकमा पैसा बाँडेकै कारण चुनाव हार्नुपरेको गुनासो प्याकुरेलले राख्नुभएको बैठकका एक सहभागीले बताए । १० लाख बढी खर्च गर्न नपाउने आचारसंहिताको प्रावधान विपरित उमेदवारले एक करोड खर्च गरेको हाकाहाकी भन्नु आचारसंहितको ठाडो उलंघन भएको एक सहभागीले बताए ।

१० मंसिर, काठमाण्डौ । प्रमुख दुई दल काँग्रेस-एमाले लगायतका दलका नेताहरुले सवै दलको सहमतिमा राष्ट्रिय सरकार गठन गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले सवै सरकारमा सहभागी भए संविधान निर्माण सहज हुने भएकाले राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको वताएका हुन् । रिपोर्टर्स क्लब नेपालले सोमवार राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले सरकार गठन सबै दललाई सहमतिमा ल्याएर हुने वताउनु भएको छ । उहाँले सरकारको नेतृत्व गर्ने अबसर एमालेले पाए नेता केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दावी समेत गर्नु भयो ।bidhya devi bhandari
उहाँले प्रभावशाली नेता ओलीलाई प्रधानमन्त्री बन्ने विषयमा पार्टी भित्र कुनै विवाद नरहेको दावी समेत गर्नु भयो । भण्डारीले आगामी संविधानसभाले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको मान्यता अनुसारको संविधान निर्माण गर्ने र काँग्रेस र एमालेकै एजेण्डा संविधानमा स्थापित हुने बताउनुभयो । उहाँले एमाले संविधान र सरकार निर्माणका लागि सहमतिमै अघि बढ्नु पर्ने पक्षमा रहेको स्पष्ट पार्नु भयो । एमालेले सहमतिकै आधारमा सरकार निर्माण गर्न पहल गर्ने जानकारी दिँदै उहाँले जनमत विरुद्ध गएर अधिनायकबाद तर्फ उन्मुख नहुन एमाओवादीलाई सुझाव दिनुभयो । उहाँले निर्वाचनको प्रक्रियामा भाग लिएपछि परिणाम नस्विकार्नु राजनीतिक चरित्र नभएको दावी गर्नु भयो । उहाँले भन्नुभयो,’एमाओवादी संविधानसभामा आउँछ । उसलाई भाग्ने ठाँउ छैन । ‘
काँग्रेसकी नेतृ सुजाता कोइरालाले काँग्रेस ठूलो दल भए पनि आफूहरु सबैलाई मिलाएर सहमति, सहकार्य र एकताका साथ संविधान र सरकार निर्माणको पक्षमा रहेको स्पष्ट पार्नु भयो । उहाँले काँग्रेस ठूलो दल भए सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिको सरकार निर्माण गरिने स्पष्ट पार्नु भयो । काँग्रेसले चुनावी सफलता हासिल गरेको र पार्टीमा पहिला नै कोइरालाको नाम प्रस्तावित भईसकेकोले सर्वसम्मत रुपमा सभापति कोइराला नै प्रधानमन्त्री बन्ने उहाँले दावी गर्नु भयो ।
नेकपा मालेका महासचिव सीपी मैनालीले जसको बढी सिट आए पनि मुलुकलाई सहमतिकै आधारमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले जित्नेले सबैलाई मिलाएर राष्ट्रिय सहमतिको सरकार बनाए संविधान निर्माण सहज हुने तर्क गर्नु भयो । उहाँले ठूला दलहरुलाई पद्धतिबाट अघि बढ्न आग्रह गर्दै प्रधानमन्त्री को बन्ने भन्ने विवादमा लागे फेरि पनि अवस्था विगार्न सक्ने आशंका ब्यक्त गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमार्फत जनताले जातीयता र क्षेत्रीयताको कुरालाई अस्विकार गरिदिएको दावी गर्नु भयो । उहाँले विगतमा संविधान बन्न नसकेको जातीयता र क्षेत्रीयता जस्ता कारणलाई जनताले समाप्त पारिदिएकोले अब संविधान बन्ने सम्भावना बढेर गएको भन्दै आफ्नो पार्टीले हारे पनि जनताको मतले मलुक जितेको तर्क दावी गर्नु भयो । उहाँले सरकार निर्माणको विषयमा खिचातानी नगरी फेरि पनि सहमतिमै संविधान निर्माणको बाटोलाई काँग्रेस र एमालेले आत्मसाथ गर्नु पर्नेमा जोड दिनुभयो ।

नयाँ दिल्ली, श्रावण २२ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा औपचारिक भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले सोमबार भारतीय प्रधानमन्त्री सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेश सचिव सुजाता सिंहसँग भेटवार्ता गरेका छन् । मंगलबार कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, विपक्षी दलकी नेतृ सुष्मा स्वराजसहितसँग भेटवार्ता गर्दैछन् । पार्टीका महामन्त्रीद्व प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई साथमा लिएर दिल्ली पुगेका कोइरालाले भ्रमण सोचेभन्दा सफल भएको बताएका छन् ।
भारत भ्रमण कस्तो भइरहेको छ ?
निकै व्यस्त छु । भेटघाट जारी छन् । आज प्रधानमन्त्री मनमोहन सिंहसँग वार्ता भयो, अर्थपूर्ण कुराकानी भए । भ्रमण उपलब्धिमूलक छ, अपेक्षा गरेभन्दा सफल
लक्ष्मणपुर बाँधको कुरा उठाउने भन्नुभएको थियो । सिंहसँग त्यस्तो कुरा भयो ?
मैले नेपाल-भारत सीमावर्ती क्षेत्रमा देखिएको बाढीपहिरोको प्रकोपबारे कुरा उठाएँ । दुवै देशको हितमा रहने गरी प्राकृतिक विपत्ति रोक्ने काम थाल्न सुझाएको छु ।
एक महिनाकै अन्तरमा कांग्रेसकै देउवापछि तपाईं आउनुभएको छ । किन यसरी दोहोरिँदै निम्ता गएको हो ?
होइन, नेपाली कांग्रेससँग भारतको सम्बन्ध विशिष्ट छ, ऐतिहासिक महत्त्वको छ । यसरी भ्रमण भइरहनु अन्यथा होइन । देउवाजी पूर्वप्रधानमन्त्रीका हैसियतमा आउनु भएको हो, म पार्टी सभापतिका रूपमा ।
भनेपछि पार्टीगत भ्रमण हो यो ?
देउवाजी आएर द्वैपक्षीय सम्बन्ध सुधार्ने पक्षमा काम भएको हो, म पनि द्वैदेशीय चासो र सम्बन्धका विषयमा केन्दि्रत छु ।
यसअघि पनि तपाईंलाई भारत भ्रमणमा बोलाइएको थियो । तर तपाईं भारतसँग रुष्ट रहेकाले आउन नचाहेको भन्ने टिप्प्णी हुने गरेको छ नि ?
त्यसो होइन । म भारतसँग कहिल्यै रुष्ट छैन । मेरो छवि बिगार्न गरिएको यो दूषित प्रचार मात्रै हो । यसको कुनै अर्थ छैन ।
काठमाडौ, असार २९ - संविधानसभा चुनावका पक्षमा चीनले औपचारिक भनाइ सार्वजनिक गरेपछि बेइजिङ पुगेका माओवादी नेताले नयाँ सम्झौतापछि नयाँ तिथिमा गरिने चुनावमा मात्र भाग लिन सकिने बताएका छन् ।
भ्रमणको अर्को पक्ष पनि छ । अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सीपी गजुरेलको तीनदिने बेइजिङ बसाइलाई माओवादीले दक्षिण छिमेक भारतका लागि 'सन्देशमूलक' बनाएको थियो । पार्टी गठन भएको एक वर्ष पुग्दा भारतले सधैं 'टाढाको सम्बन्ध' राखेको निष्कर्ष उनीहरूको थियो । यसबीचमा भारतले माओवादी नेताहरूलाई भ्रमणमा बोलाएको छैन । बेइजिङ उडेकै भोलिपल्ट काठमाडौं आउँदै गरेका भारतीय विदेशमन्त्री सलमान खुर्सिदको भ्रमण र भेटघाटबारे पनि माओवादीले भारतीय पक्षबाट केही जानकारी पाएको थिएन ।
पृष्ठभूमिका यस्ता कारणलाई शुक्रबार छर्लंग पारिदिए अन्तर्राष्ट्रिय व्युरोको नेतृत्वसमेत सम्हालेका माओवादी उपाध्यक्ष सीपी गजुरेलले । 'एक हातले ताली बज्दैन नि,' चीनले आफूहरूलाई महत्त्वपूर्ण राजनीतिक शक्तिका रूपमा हेरेको तर भारतले नहेरेको खुलस्त पार्दै उनले भने, 'चीनले बोलाउँछ, हामी जान्छौं । भारतले हामीलाई महत्त्वपूर्ण राजनीतिक शक्तिजस्तो ठान्दैन । हामी पनि गएका छैनौं ।'
एक वर्षको बीचमा अध्यक्ष वैद्यसहित माओवादी टोलीले दोस्रोपटक चीन भ्रमण गरेको छ । पछिल्लोपटक गत सोमबार राति वैद्य र गजुरेल चीन पुगी त्यहाँका उपराष्ट्रपति र कम्युनिस्ट पार्टीको विदेश विभागका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।
अध्यक्ष वैद्यले संविधानसभा चुनावमा सहभागी हुने/नहुनेबारे चिनियाँ पक्षले केही सुझाव नदिएको जानकारी दिए । बरु नेपालमा शान्ति र स्थायित्व कायम हुनुपर्ने, आर्थिक विकास र संवृद्धि भई जनताको जीवनस्तर माथि उठ्नुपर्ने र आन्तरिक मामिलामा दलका नेताहरू आफैंले निर्णय गर्नुपर्ने विषयमा चिनियाँ नेतृत्वको चासो रहेको वैद्यले जानकारी दिए । 'चुनावमा भाग लिने/नलिने जस्ता विषय आन्तरिक मामिला हुन् । त्यसलाई सबै पार्टी मिलेर टुंग्याउनुपर्छ,' भ्रमणबारे कान्तिपुरसँग उनले भने, 'यसो गर्नुस्, उसो गर्नुस् भनेर हामीलाई भनेको छैन । भन्ने कुुरा पनि होइन ।'
चीनले खासगरी तिब्बती मामिला र क्षेत्रीय शक्ति सन्तुलनका लागि नेपालको राजनीतिक अवस्थाप्रति चासो प्रकट गर्दै आएको छ । आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने घोषित उसको नीति छ । तर दुई देशका पार्टी-पार्टी र जनता- जनताबीच सम्बन्ध बढाउने कामलाई भने चीनले पछिल्लो समय तीव्र बनाएको छ ।
'चीन आफू पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन । अरूले पनि हस्तक्षेप नगरोस् भन्ने चाहन्छ,' भारततर्फ इंगित गर्दै अध्यक्ष वैद्यले बेइजिङ भ्रमणबारे भने, 'हामीले आफ्नो देशका समस्या आफैं मिलाउने हो । चीनको चासो पनि यस्तै थियो ।'
माओवादीले मंसिर ४ को घोषित मिति खारेज हुनुपर्ने, राजनीतिक नेतृत्वको सरकार हुनुपर्ने, त्यसका लागि सर्वपक्षीय गोलमेच सभा गरी समाधान खोज्नुपर्ने भन्दै वार्ताका लागि तयार रहेको जनाएको हो । त्यसबारे चिनियाँ पक्षलाई जानकारी गराएको नेता गजुरेलले बताए । 'राजनीतिक तहबाट समाधान नखोजी चुनावमा जानु राम्रो होइन भनी ैप्रस्ट कुरा राख्यौं,' संवाद डबलीले राजधानीमा आयोजना गरेको कार्यक्रममा गजुरेलले थपे । कान्तिपुर