यन्ड्रोइड मोबाइल चलाउनु हुन्छ भने फ्री कलिंग सफ्टवेर bigo डाउनलोड गर्नुहोस केहि समय भय पनि राहत मिलन सक्छ तंपाई पहिला डाउनलोड गर्नुहोस डाउनलोड गर्नको लागि play stor मा जानुहोस सर्च बक्समा bigo typ गर्नुहोस bigo डाउनलोड गर्नुहोस डाउनलोड गरि सके पछी इन्स्टल गर्नुहोस र आफ्नो मोबाइल नम्बर हाली activate गर्नुहोस र तंपाइलाइ यौटा कोड आउछ तंपाईको मोबाइलमा त्यो कोड हालेर activate गर्नुहोस फुल activate हुने बितिकै ८०० फ्री क्रेडिट तंपाईले पाउनु हुने छ national or international कल गर्नु सक्नु हुनेछ यदि तंपाई बिदेस हुनहुन्छ भने नेपालको लागि ७ मिनेट कुरा गर्न सक्नु हुन्छ जुनै पनि नम्बरमा अरु देसको लागि हो भने कल रेट अनुसार हुन्छ तंपाईले रेट पनि चेक गर्न सक्नुहुन्छ अरु जानकारीको लागि हामीलाई यो हाम्रो facebook link हो add गर्नुहोस https://www.facebook.com/dainikkhabarsangalo
aps downlod गर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस https://play.google.com/store/apps/details?id=sg.bigo

काठमाडौं, माघ २२ – नेपाल टेलिकमले फेसबुक र ट्वीटरजस्तै सामाजिक सञ्जाल सुरु गर्ने भएको छ ।
फेसबुकमा हुने अरु सुविधाजस्तै ग्रुप म्यासेज, स्काइप, भाइबर, युट्यूबलगायतका सेवा समेत हुने गरी छुट्टै सामाजिक सञ्जाल सुरुवातको तयारी भैरहेको टेलिकमले जनाएको छ ।
‘अहिले टेस्ट भैरहेको छ, छिटै सुरु गर्ने तयारीमा छौं’ टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले उज्यालो अनलाइनसित भन्नुभयो ।
उहाँका अनुसार सामाजिक सञ्जालमा साथी बनाउने, च्याट गर्ने, ग्रुप म्यासेज बनाउने, फोटो तथा भिडियो डाउनलोड र अपलोड गर्ने, फोटो सेयर गर्ने, स्टाटस राख्ने, कमेन्ट गर्नेलागयतका सुविधा हुनेछन् ।
ग्राहकले निःशुल्क एसएमएस समेत गर्न सक्ने व्यवस्था पनि यसमा हुनेछ । नाम तय हुन बाँकी यो सामाजिक सञ्जाल ग्राहकमाझ लोकप्रिय हुने टेलिकमको विश्वास छ ।
यसैबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, टेलिकमले आगामी दिनहरुमा अझ गुणस्तरीय, सर्वसुलभ र अध्याधुनिक सेवा उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ ।
आफ्नो वार्षिकोत्सवको अवसरमा कम्पनीले यस्तो प्रतिबद्धता जनाएको हो । स्थापनाको १० औं वर्ष पूरा भएको अवस्थामा ग्राहक संख्या ९७ लाख ६३ हजार नाघिसकेको कम्पनीले जनाएको छ ।
यसमध्ये जीएसएम मोवाईल ग्राहक संख्या ७९ लाख ७९ हजार, सीडीएमए सेवाका ग्राहक ११ लाख ४० हजार तथा पीएसटीएन सेवाका ग्राहक ६ लाख ४६ हजार छन् ।
यस्तै इमेल, इन्टरनेट सेवाका प्रयोगकर्ता ३८ लाख ९ हजारभन्दा बढि रहेका कम्पनीले जनाएको छ । ग्रामीण क्षेत्रमा बढी लोकप्रिय रहेको सीडीएमए सेवालाई अध्याधुनिक बनाउने र वाईम्याक्स सेवा विस्तार गर्ने काम भैरहेको टेलिकमले जानकारी दिएको छ । स्रोत :ujyaaloonline

काठमाडौ, मंसिर २० – मोबाइल र ल्यापटप अहिलेको व्यस्त अनि आधुनिक जीवनको अपरिहार्य नै बनेको छ । मोबाइल र ल्यापटपविना हिजोआज धेरै काम गर्न कठिन हुन्छ ।
यदि त्यही अत्यावश्यकीय कुरा हरायो वा चोरी भयो भने पैसा मात्रै होइन त्यसभित्र राखिएका थुप्रै सूचना, सम्पर्क नम्बर तथा आफ्ना प्रोजेक्टहरु पनि गुमाउनुपर्ने हुन्छ । तर चिन्ता नलिनुस्, यी एप्लिकेसन तथा सफ्टवेयर तपाइँले आफ्नो मोबाइल तथा ल्यापटपमा राख्नुभयो भने तपाइँले सजिलै हराएका मोबाइल तथा ल्यापटप फिर्ता पाउन सक्नुहुन्छ ।
विन्डोज ल्यापटप प्रयोगकर्ताले लोकेट माई ल्यापटप नामक सफ्टवेयर locatemylaptop.com बाट निशुल्क डाउनलोड गर्न सक्छन् । यसले गुगल म्यापको माध्यमबाट ल्यापटपलाई लोकेट गरिदिन्छ र तपाइँको हराएको ल्यापटप कहाँ प्रयोग भैरहेको छ भन्ने जानकारी दिन्छ । यस्तै www.lalarm.com बाट एलआर्लाम पनि फ्रिमा पाउनसक्नुहुन्छ । यदि तपाइँको ल्यापटप लक भयो वा ल्यापटपबाट कुनै पावर कार्ड वा युएसबी फ्ल्यास ड्राइभ हटाइयो भने आलार्म बज्ने गर्दछ ।
यस्तै एप्पलको म्याक ल्यापटकमा लागि एप्पलको आफ्नै फाइन्ड माई म्याक नामक एन्टी थेफ्ट सल्युसन रहेको छ । युजरले आई क्लाउड एकाउन्टबाट यसमा साइनइन गरेपछि यो आफै सक्रिय हुन्छ । यसबाट ल्यापटपलाई ट्रयाक गर्न, डाटा डिलिट गर्न वा आलार्म बज्ने किसिमको पनि बनाउन सकिन्छ ।
एन्ड्रोइड फोनका लागि यसको आफ्नै ट्याकिङ फिचर रहेको छ, जसलाई www.google.com/android/devicemanager बाट पाउन सकिन्छ । यसले युजरको गुगल आईडीसँग सम्बन्धित कुनै पनि एन्ड्रोइड डिभाइसलाई ट्याक गर्न सक्छ । यस्तै म्यापमा लोकेसन हेर्न, त्यसलाई लक गर्न, डाटा डिलिट गर्न साथै फोन गर्न पनि सकिन्छ ।
एप्पलले आइओएस डिभाइसका लागि आफ्नै एन्टी थेफ्ट ऐप फाइन्ड माई आईफोन सुविधा दिएको छ । यसको सेटअफ निकै सजिलो छ र सिंगल एप्पल एकाउन्टबाट सबै डिभाइसलाई व्यवस्थापन गर्न सकिन्छ । आईक्लाउड एकाउन्डमा लग इन गरेपछि कुनै पनि ब्राउजरबाट डिभाइसलाई लोकेट गर्न सकिन्छ । यसपछि फोनमा म्यासेज पठाउन, लक गर्न साथै डाटा डिलिट गर्न पनि सकिन्छ । आइओएस प्रयोगकर्ताले आफ्नो फोन पुन पाउनका लागि सिक्युरिटी वा आईलास्टफाइन्डर पनि प्रयोग गर्न सक्छन् ।
ब्लाकबेरीले पनि एन्टिथेफ्ट सल्युसनका लागि ब्लाकबेरी प्रोटेक्ट सुविधा उपलब्ध गराएको छ । यसलाई ब्लाकबेरी एकाउन्टबाट ब्लाकबेरी डिभाइसमा सेट गर्न सकिन्छ । यो एक्टिभ भएपछि सम्पर्क नम्बरहरु, क्यालेन्डर एन्ट्री तथा बुकमार्कहरुको अटो ब्याकअप बनाइदिन्छ । प्रोटेक्ट बेभसाइटमा लगइन गरेपछि डिभाइसको लोकेसन ट्रयाक गर्न सकिन्छ भने म्यासेज पठाउन, लक गर्न र डाटा डिलिट गर्न पनि सकिन्छ ।
विन्डोज फोनको एन्टी थेफ्ट फिचर फाइन्ड माई फोन हो । प्रयोगकर्ताले विन्डोज स्मार्टफोनमा प्रयोग गर्ने आइडीबाट नै windowsphone.com मा साइन इन गर्न सक्छन् । त्यसपछि ब्राउजरमा रहेको म्यापमा फोनको लोकेसन देख्न सकिन्छ । यस ब्राजउरबाट फोनमा ठूलो आवजमा रिङ बजाउन र आवश्यक डाटा डिलिट गर्न पनि सकिन्छ ।

माइक्रोसफ्टका मालिक बिल गेट्स सधैं संसारका सबैभन्दा धनी बनिरहने थिए । कम्प्युटरको अपरेटिङ सिस्टम (ओएस) को बजारमा एकछत्र कब्जा जमाइरहेको माइक्रोसफ्टले पछिल्लो समय सर्च इन्जिनमा आफूलाई नम्बर वन बनाइरहेको गुगलसँग तीव्र प्रतिस्पर्धा गर्नु परिरहेको छ ।
त्यो प्रतिस्पर्धामा माइक्रोसफ्ट गुगलसँग टिक्न नसकेर केही ठाउँमा थला परेको छ । केही ठाउँमा सकिनसकी घस्रँदैछ ।
गुगलको मुख्य प्रोडक्ट सर्च इन्जिन । माइक्रोसफ्टको चाहिँ अपरेटिङ सिस्टम । भिन्न क्षेत्रका कम्पनी आमनेसामने नहुनुपर्ने । पछिल्लो समय दुवै कम्पनीले बजारको खोजी गर्ने क्रममा उस्तै-उस्तै प्रोडक्ट बजारमा ल्याएर प्रतिस्पर्धा गरिरहेका छन् ।
माइक्रोसफ्ट मुख्य आम्दानीको स्रोत विन्डोज बाहेक अन्य प्रोडक्ट विकासमा लागेको छ । उता गुगल पनि भच्र्युअल दुनियाँमा नयाँ प्रोडक्टहरू ल्याएर आफूलाई सबैको आँखामा पार्दैछ । उसले भर्खरै दुर्गममा इन्टरनेट पुर्याउन बेलुनको सहयोग लिने प्रविधि प्रोजेक्ट लुन सुरु गरेको छ । सामाजिक सञ्जालमा प्रतिस्पर्धा गर्न गुगल प्लसमा नयाँ सफ्टवेयर हालेको छ । शुल्क लिएर संगीत उपलब्ध गराउने सेवा सुरु गरेको छ । गुगल म्यापलाई परिस्कृत गरेर फेरि लन्च गरेको छ । हार्डवेयर उत्पादनमा हात हालेर स्मार्ट चस्मा गुगल ग्लास ल्याउँदैछ । गुगल सर्च, यु ट्युब, जिमेल, ब्लगर, प्ले, ड्राइभ, गुगल प्लस, लगायतका प्रोडक्ट पुरानै हुन् । माइक्रोसफ्टले पनि विन्डोज, स्काइप, एक्स बक्स, बिङ, अफिस, इन्टरनेट एक्स्पोररलगायतका प्रोडक्टका साथ आफूलाई बजारमा प्रतिस्पर्धीलाई पछाडि छाड्ने प्रयास गरिरहेको छ ।
यस्ता प्रोडक्टमा कहाँनेर दुईबीच प्रतिस्पर्धा भयो त ? गुगल स्थापनाको पहिलो दशकभर एकअर्काप्रति सहयोगी देखिएका गुगल र माइक्रोसफ्ट अहिले आएर प्रतिद्वन्द्वी बनेका छन् । दुवै कम्पनीको मुख्य प्रतिस्पर्धा सर्च इन्जिनमा छ ।
हरेक कुरा खोज्न अहिले गुगल गर्न थालिएको छ । त्यसको प्रतिस्पर्धा माइक्रोसफ्टको बिङले गर्दैछ । नामबाट क्रिया बनिसकेको गुगलको लोकपि्रयता माइक्रो;mफ्टका लागि टाउको दुखाइ बनेको छ । अमेरिकी कम्पनी गुगलको सर्चमा घरेलु बजार ७८ प्रतिशत रहेको बीबीसीको दाबी छ । यद्यपि बिङको दरो उपस्थितिले गुगलको एक समयको एकछत्र बजारमा राम्रो विकल्प उपस्थित भएको छ । बिङले केही नयाँ फिचर दिएर इन्टरनेट प्रयोगकर्तालाई आफूतिर आकषिर्त गरिरहेको छ । त्यसैले संसारमा सर्च इन्जिनको बजारको २० प्रतिशत हिस्सा लिएको बिङले विस्तारको सम्भावना देखाउँदै गएको छ । यसले होमपेज खोल्नासाथ पृष्ठभूमिमा रंगीन आकर्षक तस्बिरहरू उपलब्ध गराउन थालेको छ । यस्तै महत्त्वपूर्ण स्थानसँग सम्बन्धित लिंकसमेत देखाउँछ । त्यतिमात्र कहाँ हो र ? विग प्रयोगकर्ताको होमपेजको किनारामा उसका फेसबुक प|mेन्डहरूलाई देखाउँछ । उनीहरूले समेत खोजेको जानकारीलाई लाइक गर्न सक्छन् । माइक्रोसफ्टले सन् २००९ मा सुरु गरेको बिङका अरू फिचर गुगलसर्चका जस्तै छन् । यसले दुवै कम्पनीलाई प्रतिपर्धी बनाइदिएको छ ।
गुगल र माइक्रोसफ्टको प्रतिस्पर्धा इमेल सर्भिसमा समेत छ । माइक्रोसफ्टले भारतका सविर भाटियाले विकास गरेको हटमेल सन् १९९७ मा ४० करोड डलरमा किनेको थियो । त्यत्रो रकम तिरेको हटमेललाई प्रतिस्पर्धामा टिकाउन नसकेर माइक्रोसफ्टले अघिल्लो वर्ष बन्द गर्यो । उसले पछिल्लो समय आउटलुक डटकममा आफूलाई सिफ्ट गरेको छ । जिमेलले ग्राहकलाई निःशुल्क १५ जीबी स्पेस उपलब्ध गराइरहेको छ । आउटलुकले भने तपाईंलाई चाहिए जति स्पेस दिने दाबी गरेको छ । उसको दाबीमा तपाईंको इन्बक्स इमेलले भरिए स्वतः स्पेस थपिन्छ । दुवैले इमेल प्रयोगकर्तालाई तान्न नयाँ फिचरहरू थपिरहेका छन् ।
दुवै कम्पनीले क्लाउड कम्प्युटिङमा करोडौं डलर लगानी गरिरहेका छन् । गुगलले गुगल ड्राइभ र माइक्रोसफ्टले स्काई ड्राइभ नाममा प्रयोगकर्तालाई क्लाउड स्टोरेज उपलब्ध गराइरहेका छन् । स्काई ड्राइभले ७ जीबी स्टोरेज स्पेस सित्तैमा उपलब्ध गराउँछ । स्काई ड्राइभको सफ्टवेयर आफ्नो कम्प्युटर वा मोबाइलमा इन्स्टल गर्नुपरेपछि यसको लोगोयुक्त फोल्डरभित्र राखेको सामग्री आफैं स्काई ड्राइभमा स्टोर हुँदै जान्छ ।
गुगलले उपलब्ध गराउन थालेको ड्राइभलाई जिमेल आईडीमार्फत प्रयोग गर्न सकिन्छ । यसले १५ जीबी स्पेस उपलब्ध गराउँछ । त्यसलाई गुगल जिमेल, गुगल प्लसलगायतमा प्रयोग गर्न सकिन्छ ।
गुगलले माइक्रोसफ्टको अफिस सफ्टवेयरसग समेत प्रतिस्पर्धा गर्न थालेको छ । उसले वेबमा आधारित सफ्टवेयर गुगल डक्स इमेल प्रयोगकर्तालाई उपलब्ध गराएको छ । जिमेल प्रयोगकर्ताले आफ्नो डकुमेन्ट वेबमै तयार गरेर गुगल ड्राइभमा सेभ गर्ने, साथीहरूबीच सेयर गर्ने गर्न सक्छन् । सेयर गरेको डकुमेन्टलाई दुवै प्रयोगकर्ताले एकै समय एडिटसमेत गर्न सक्छन् । गुगल डक्समा वर्ड प्रोसेसर, स्प्रेडसिट एप्लिकेसन, स्लाइड शो पि्रजेन्टेसन मेक र्फम विल्डर एन्ड ड्रइङ टुल्सलगायत उपलब्ध गराउँछ । माइक्रोसफ्ट अफिसको जति फिचर नभए पनि गुगल डक्सले इन्टरनेटमा काम गरिरहनेहरूका लागि राम्रो विकल्प दिएको छ । माइक्रोसफ्टको अफिस लाइभ वर्कस्पेसले माइक्रोसफ्ट अफिसको अनलाइन भर्सन उपलब्ध गराउँछ ।
मोबाइलको अपरेटिङ सिस्टममा समेत दुवै कम्पनीले प्रतिस्पर्धा गरिरहेका छन् । गुगलको ओपन सोर्स ओएस एन्ड्रोइडसँग माइक्रोसफ्टले विन्डोजमार्फत प्रतिस्पर्धा गरिरहेको छ । कम्प्युटर ओएसमा माइक्रोसफ्टले एकछत्र बजार लिएजस्तै एन्ड्रोइडको बजार विस्तार हुँदै गएको छ । सित्तैमा आफ्नो अनुकूल हुने गरी प्रयोग गर्न सकिने भएकाले अधिकांश मोबाइल कम्पनीले आफ्नो मोबाइल हार्डवेयरमा यसलाई प्रयोग गर्छन् । यही ओएस प्रयोग गरेर सामसुङ विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको छ । लामो समय नम्बर एक रहेको मोबाइल उत्पादक कम्पनी नोकियाले ओएसकै कारण प्रतिस्पर्धामा पछारिएपछि आफ्ना स्मार्टफोनमा माइक्रोसफ्टको विन्डोज मोबाइल भर्सन प्रयोग गर्न थालेको छ । विकिपिडियाका अनुसार सन् १०१३ को पहिलो क्वाटरमा एन्ड्रोइड प्रयोग भएका १५ करोड ६१ लाख ८६ हजार मोबाइल सेट बिक्री भएका छन् । यस्तै यस अवधिमा विन्डोज प्रयोग भएका ५९ लाख ८९ हजार सेट बिके ।
च्याट मेसेन्जर गुगल टक र माइक्रोसफ्टले भर्खरै किनेको स्काइपको प्रतिस्पर्धा त्यस्तै छ । दुवैले निःशुल्क भ्वाइस र भिडियोकलको सुविधा उपलब्ध गराउँछन् । दुवैले सस्तोमा मोबाइल र ल्यान्डलाइनमा फोन गर्ने सुविधासमेत दिएर इन्टरनेट प्रयोगकर्तालाई आफूतिर तानिरहेका छन् ।
इन्टरनेट ब्राउजरमा पनि दुवै कम्पनीबीच प्रतिस्पर्धा छ । कुनै समय ब्राउजरमा माइक्रोसफ्टको इन्टरनेट एक्स्प्लोररको आधिपत्य थियो । विस्तारै त्यो स्थान गुगलको क्रोम ब्राउजरले लिँदै गएको छ । गुगल क्रोम विलकुलै नयाँ ब्राउजरका रूपमा आएको छ । पछि आए पनि इन्टरनेट ब्राउजरको लोकपि्रयतामा गुगल क्रोमले इन्टरनेट एक्स्प्लोररलाई उछिनेको छ । गुगलक्रोमका प्रयोगकर्ता २९.०३ प्रतिशत छन् भने इन्टरनेट एक्स्प्लोररका २२.५४ प्रतिशत मात्र । तपाईंचाहिँ कसको प्रोडक्ट प्रयोग गर्नु हुन्छ ? गुगलको कि माइक्रोसफ्टको ?

इन्टरनेट, विश्वलाई एकै ठाउँमा ल्याएको यो प्राविधिक कम्प्युटरको जालोले हामी सबैलाई एकै ठाउँ बनाएको छ। सूचना देखी मनोरञ्जनका सबै सामग्री एकै ठाउँ सजिलै र सित्तैं पाइने भएको छ। त्यसो त सामाजिक र सार्वजनिक अर्न्तक्रिया पनि इन्टरनेट मार्फत नै हुन थालेका छन्। त्यसैले त सामाजिक सञ्जाल फेसबुक र माइक्रो ब्लग साइट ट्वीटर विश्वका धेरै हेरिने वेबसाइटका रुपमा दरिएका छन्।
आम नेपालीका लागि भने इन्टरनेटमा उपलब्ध धेरै सूचनाहरु पहुँचमा आउन सकेका छैनन्। कारण हो भाषा, कम्प्युटर र इन्टरनेटका सामग्री अंग्रेजी भाषामा छन्। नेपालीमा उपलब्ध सामग्रीहरु थोरै मात्र भएकाले तीनले आम इन्टरनेट प्रयोगकर्तालाई खासै धेरै समय अध्ययनमा टिकाइराख्न सक्दैनन्। तपाइँ हामीलाई विभिन्न वेबसाइटमा राखिएका अंग्रेजी सामग्री सजिलै बुझ्न गाह्रो हुन्छ। कतिपय शब्दको त अर्थ नै जानिँदैन। यस्तो अवस्थामा साइबर वा घरमा कम्प्युटर चलाइरहँदा डिक्सनरी हातमा समातेर बस्ने कुरा पनि भएन।
अंग्रेजीका सामग्री पढ्नमा यसखालको कठिनाइ नढाँटी भन्ने हो भने हामी सबैलाई परिरहेको छ। त्यसका लागि समाधान पनि नेपालीहरुले नै बनाइरहेका छन्। ती हुन अंग्रेजीलाई नेपाली बनाउने अनलाइन टूल। अर्थात् अंग्रेजीका शब्दलाई नेपालीमा अर्थ दिने माध्यम। यसका रुपमा अनलाइनमा शब्दकोश र अनुवादक समेत तयार भइसकेका छन्। विदेशी ठूला कम्पनीले बनाएका जस्ता नभएपनि नेपालीले बनाएका यी साधन तपाइँ हामीलाई अंग्रेजी बुझ्न सजिलो बनाउने खालका नै छन्।
अंग्रेजी नेपाली शब्दकोष
अनलाइन शब्दकोषका रुपमा रहेको यो अंग्रेजी नेपाली शब्दकोशमा २३ हजार भन्दा बढी शब्दहरुको अर्थ राखिएको छ। अंग्रेजीमा टाइप गरेका शब्दको अर्थ यसले नेपालीमा उपलब्ध गराउँछ। तत्कालका लागि बेटा भर्सनमा उपलब्ध यो शब्दकोषको एण्ड्रोइड तथा आइओएस एप पनि उपलब्ध छ। यो शब्दकोष प्रयोगका लागि http://www.englishnepalidictionary.com/क्लिक गर्नुहोस्।

अंग्रेजी नेपाली अंग्रेजी शब्दकोष
नेपाल लिंक नेटवर्कले तयार गरेको यो शब्दकोषमा अंग्रेजी शब्दहरुको नेपाली अर्थ पाउन सकिन्छ। यो शब्दकोषको विशेषता भनेको यसमा अंग्रेजी शब्दका अर्थहरु नेपालीमा मात्र होइन नेपाली शब्दहरुलाई अंग्रेजीमा के भनिन्छ भन्ने पनि छ। त्यसका लागि यो शब्दकोषले अंग्रेजी नेपाली र नेपाली अंग्रेजी शब्दार्थको सुविधा दिएको छ। यो शब्दकोष प्रयोगका लागि http://www.dictionary.com.np/ क्लिक गर्नुहोस्।
दोभासेदोभासे, नामको अर्थ नै दुर्इ भाषामा जानकारी दिने भन्ने बुझिन्छ। उल्था गरिदिने हो यसको सिधै अर्थ। काठमाडौं विश्वविद्यालय अर्न्तगत इन्फरमेसन एण्ड ल्यांग्वेज प्रोसेसिङ रिर्सच ल्याबले तयार पारेको यो वेबसाइटले चलन चल्तिमा रहेका अंग्रेजीका शब्दहरुलाई नेपालीमा अनुवाद गरिदिन्छ। यो वेबसाइट विकासको क्रममा रहेकाले यसमा जम्मा २२ हजारको हाराहारीमा शब्दहरु रहेका छन्। यो वेबसाइट मार्फत अंग्रेजीको उल्था गर्नका लागि http://nlp.ku.edu.np/lpdobhase/en/index.php क्लिक्क गर्नुहोस
मोबाइल तथा ट्याब्लेट, दैनिकीको आवश्यकता बनिसकेको छ। अध्ययन देखी मनोरञ्जन मात्र होइन दैनिकीमा आवश्यक पर्ने कम्प्युटरजन्य कामका लागि यीनै उपकरण प्रयोग हुन थालेका छन्। प्रयोगसँगै यी उपकरणका ब्याट्रीको ब्याकअप छिटो छिटो सकिएर हैरान पार्ने भएको छ।
मोबाइल तथा ट्याब्लेटमा इन्टरनेट र सामाजिक सञ्जाल जति सजिलै चलाउन सकिन्छ त्यति सजिलै ब्याट्री पनि सकिन्छ। जसले गर्दा ग्याजेटप्रेमीलाई हैरानी पनि मिलिरहेको छ। यसखालको हैरानीबाट जोगिनका लागि केही सरल उपाय पनि छन्। जसले तपाइँको मोबाइल तथा ट्याब्लेटको ब्याट्रीको आयुलाई केही समयको लागि बढाउँछ। लोडसेडिङले हैरान अनि यात्रामा निस्केकाहरुलाई यसले पक्कै पनि राहत दिनेछ।
चहक कम गर्ने
मोबाइल तथा ट्याब्लेटको स्क्रिनको चहक (ब्राइटनेस)लाई कम गरेको खण्डमा त्यसले ब्याट्री खपतलाई कम गर्छ। मोबाइल तथा ट्याब्लेटमा स्वत हुने सेटिङलाई परिवर्तन गरेर ४० देखी ४५ प्रतिशतमा चहकलाई राख्नुभयो भने त्यसले तपाइँको ब्याट्री खपत पनि कम गर्छ र आँखामा पनि नकारात्मक प्रभाव पार्दैन।
भाइब्रेसन अफ गर्ने
भाइब्रेसन अफ गर्ने
हामी धेरैले मोबाइललाई रिङटोन साथै भाइब्रेसन मोडमा राखिरहेका हुन्छौं। गोजीमा राखेर यता उता लाग्दा मोबाइल हल्लिएर भएपनि फोन आएको थाहा पाइयोस भनेर राखिने भाइब्रेसन मोडले पनि ब्याट्री धेरै खपत गर्छ। त्यसैले मोबाइलमा ब्याट्री धेरै समयसम्म टिकाउने हो भने मोबाइलको रिङटोनको आवाज मध्यम र भाइब्रेसन मोडलाई बन्द गर्नुपर्छ।
ब्लूटूथ वाइफाइ बन्द
मोबाइलमा गीत, भिडियो तथा तस्विरहरु साझे गर्न ब्लूटूथ सजिलो माध्यम भएपनि यो जतिखेर पनि खुलै राख्ने सुविधा होइन। जतिखेर पनि खुलै राख्दा यसले ब्याट्री पनि धेरै खपत गर्छ। त्यसैले ब्लूटूथ, वाइफाइ, जीपीएस तथा इन्फ्रारेड जस्ता कनेक्टीभीटीका सुविधाहरु प्रयोग नभएको अवस्थामा बन्द राख्नुपर्छ। यसो गरेको खण्डमा ब्याट्रीको आयु बढ्छ।
ब्याट्री एप राख्ने
मोबाइलमा ब्याट्री डक्टर जस्ता ब्याट्री खपतका बारेमा जानकारी दिने खालका एप राख्नुपर्छ। जसले तपाइँको मोबाइलमा रहेको कुन एप तथा सुविधाले धेरै ब्याट्री खपत गर्छ त्यसको जानकारी दिन्छ। जसको जानकारीको आधारमा बढी ब्याट्री खपत गर्ने सुविधा तथा एप बन्द गरेर ब्याट्रीको ब्याकअप जोगाउन सकिन्छ। साथै ब्याट्री थप कतिसमय सम्म टिक्छ भन्ने पनि थाहा पाउन सकिन्छ।
अनावश्यक एप हटाउने
अनावश्यक एप हटाउने
तपाइँको फोनमा दैनिक तथा नियमित जसो प्रयोग हुने बाहेक नहुने एपहरु राख्नुभएको होला। जुन खासै उत्पादक पनि छैन भने त्यस्ता एपहरुलाई हटाइदिनु (अनइन्स्टल गर्नु) उपयुक्त हुन्छ। कतिपय मोबाइलका सुविधालाई राम्रो बनाउने एपहरु पृष्ठभूमिमा चलिरहेका हुन्छन् र तीनले ब्याट्रीको पावर पनि खपत गरिरहेका हुन्छन्।
एनिमेटेड सामग्रीबाट जोगिनु
मोबाइलको पृष्ठभूमिमा कुनै एनिमेसन भएको तस्विर वालपेपरका रुपमा प्रयोग नगर्ने। यस्ता खालका एनिमेसन युक्त सामग्रीले मोबाइलको ब्याट्री खपत गर्छन् त्यसैले यस्ता तस्विर तथा वालपेपरबाट जोगिनु पर्दछ। मोबाइलको पृष्ठभूमि वालपेपरका रुपमा यस्ता सामग्री राख्नुहुँदैन।
मोबाइल, उही हाम्रो गोजी फोन। बेतारे, रेडियो उपकरण। सबैको गोजीमा छ। नहुने त कुनै भएन। सम्पर्कमा बस्नुपरेको छ। सबैको हात हातै र गोजी गोजी भएको यो तार बिनाको फोन सर्म्पर्कको माध्यम मात्र होइन अब स्टाटस सिम्बोल पनि बनिसकेको छ। त्यसैले त फलानो ब्राण्ड अनि चिलानो मोडल नै किन्नु पर्ने बनेको छ। हुन त प्रविधिले पहिले जस्तो रहेन मोबाइल। बोल्ने र मेसेज लेख्ने। आधा आधी कम्प्युटर नै यसैमा छ। इन्टरनेट, क्यामेरा, भिडियो, गीत, किताब, अनेकन सर्म्पर्क सुत्रहरु सबैले गर्दा स्मार्ट फोन भनिने फोनहरु निक्कै चतुर बन्न थालेका छन्। जति नै चतुर र महँगा भएपनि मोबाइल फोनको एक बैगुन फोहोरी हुनु हो। विभिन्न अध्ययनहरुले मोबाइल फोन चर्पी भन्दा पनि फोहर हुने बताएका छन्। हुन पनि किने देखी न धोइन्छ न पखालिन्छ। कहिले काहिँ झरीमा पनि पानी पर्ला कि भन्ने टेन्सन।
झरीमा पानीबाट जोगाउन असफल हुँदा फोनले पानी खाएर खर्च गराउँछ। अझ कामै नलाग्ने भएर अर्को किन्न पर्ने पनि हुनसक्छ। पानीमा खसेको फोनलाई कपडा जस्तै क्लिपले च्यापेर सुकाउने हो भने यस्तो पो देखिन्छ त।
चिनमा सामसुङको ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले घर नै सखाप पारेको छ। चिनियाँ भाषाको एक ब्लगले ४७ वर्षिय डूको ग्यालेक्सी एस फोरले उनको घर नै ध्वस्त पारेको उल्लेख गरेको हो। उक्त ब्गलले डूले आफ्नो फोनलाई चार्जमा राखेर ‘लभ मसिन’ नाम गरेको खेल खेल्दा मोबाइल पड्केको उल्लेख गरेको छ।मोबाइल पड्केको आवाज आएपछि डराएर डूले मोबाइल सोफामा फालेको र मोबाइलबाट आगोको ज्वाला निस्केर सोफा हुँदै पूरै अपार्टमेन्ट नै जलेको ब्लगमा उल्लेख छ।
सामसुङ ग्यालेक्सी एस फोरबाट उत्पन्न भएको आगोले छोपेको डूको अपार्टमेन्टको आगो निभाउन अग्निनियन्त्रकलाई आधा घण्टा समय लागेको थियो।
आगोबाट डू र उनकी श्रीमती उनीहरुको कुकुरका साथ जोगिन भने सफल भएका छन्। ग्यालेक्सी एस फोरको कारण जलेको घरका मालिक डूले आफूले मोबाइलमा कुनै पनि सस्तो उपकरण नजोडेको बताएका छन्। उनले एक महिना अघि मात्र उक्त फोन किनेका थिए। फोनमा जोडेको चार्जर र ब्याट्री सामसुङ कै र सक्कली भएको ब्लगले उल्लेख गरेको छ। सामसुङ ग्यालेक्सी एस फोरबाट आगो उत्पन्न भएको यो नै पहिलो घटना भने होइन। स्रोत ; dorsanchar

तपाइँ एनसेल चलाउनु हुन्छ र तपाइँका आफन्त विदेशमा छन् भने एनसेलको नयाँ अफर तपाइँका लागि लाभदायक हुने देखिन्छ। एनसेलले नयाँ अफरका रुपमा अन्तर्राष्ट्रिय आगमन कलमा असार २६ देखी ‘कल आयो पैसा पायो’ सुरु गरेको छ। यो उपहार योजनामा एनसेल प्रयोगकर्ताले ११३१ मा फोन गरेर सहभागी हुन पाउने छन्।
कल गरेर योजनामा सहभागी हुनेहरुले आफ्नो एनसेलको नम्बरमा विश्वको कुनैपनि देशबाट आएको फोनमा कुराकानी गर्दा प्रति मिनेट एक रुपैंया बोनस पाउने छन्। यसरी पाउने बोनसमा उनीहरुले एक पटकमा अधिकतम ३० रुपैंया सम्म बोनस पाउने एनसेलले जनाएको छ।
यो योजनामा पाएको बोनस ब्यालेन्स रकम एनसेलको नेर्टवर्क भित्र कुरा गर्न, एस.एम.एस, एम.एम.एस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ। उक्त रकम पाँच दिनभित्र प्रयोग गरिसक्नु पर्ने एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले बताइन्। कोइरालाले यसखालको योजनाले एनसेलका प्रयोगकर्तालाई विदेशमा रहेका आफन्तसँग कुराकानी साथै केही रकम पनि बोनस पाउँदा थप उत्साहित बनाउने आशा राखेको बताइन्।
एनसेलले केही समय अघि देखी यो योजना लुम्बिनी र राप्तीमा मात्र लागु गरेको थियो। यसखालको बोनस रिचार्ज उपहार योजनालाई देशभर लगेपछि विदेशमा आफन्त भएका परिवारलाई आफन्तले फोन गर्दा केही रकम उपहारका रुपमा पनि प्राप्त हुनेछ। यो विदेशबाट आएको फोन उठाउँदा बोनर रकम प्राप्त हुने यो योजना आगामी असोज २४ सम्म रहनेछ।
ईन्टरनेट र युट्युबलाइ तपाई केबल मनोरन्जनको भण्डार मात्रै सोच्नुहुन्छ भने त्यो गलत हुन सक्छ। मनोरञ्जन बाहेक बिभिन्न किसिमका सूचना र सहायता समेत तपाइले यसबाट पाउन सक्नुहुन्छ ।
Marc Stephens नाम भएका एकजना बेलायती नागरीकले केबल ईन्टरनेट र युट्ययबको भिडियोको मद्दतले आफ्नै घरमा नया जिवनको स्वागत गर्न सफलता पाएकाछन । यसभन्दा अघि पनि अरु तीन जना सन्तानका माता पिता भईसकेका जो, र मार्कको यो कथाले अहिले संसारभरको पत्र-पत्रिका र ईन्टरनेटका पन्नाहरु भरिएकाछन ।
समाचार अनुसार गत मार्च २१ का दिन, अनुमानीत समय भन्दा करिब ३ हप्ता अगाडि नै जोलाई प्रसव पिडाको पहिलो अनूभव भयो । रातको करीब २ बजेतीर पिडा शुरु भएपछि मार्कले नजिकको अस्पतालमा फोन गरे, तर तत्काल कोहि midwives (धाई ?) उपलब्ध नभएको बताईएपछि यी दम्पतीले घरमै बच्चा जन्माउने बिचार गरे।
ईन्टरनेट भिडियो कै मद्दतबाट गिटार बजाउन र रुबिक क्युब मिलाउन सिकेका मार्कलाई अचानक ईन्टरनेटमै सहायता खोज्ने बिचार सुझ्यो र उनले गुगलको सहारा लीए । करिब एक घण्टा जत्तीको खोजमा नै उनले How to Deliver a Baby in a Taxi Cab र आर्को “This is how you give birth” र अन्य केहि DIY (Do It Yourself ) क्लिपहरु हेरे।
यी सबै भिडियोहरुका सहायताका कारण, घरमै बिना कुनै स्वास्थ सहायक, स्वस्थ बच्चा जन्माउन सफल भए ती दम्पती। साधारण महिलाहरुलाई भन्दा कम समय प्रसबव पिडा हुने मानीएकी जोको घरमा स्वास्थ सहायकहरु पुग्दा तीनले ईन्टरनेट भिडियोको सहायतामा आफैं एउटा नया ५ पाउण्ड तौल भएको बालकलाई आफ्नो परिबारमा स्वागत गरीसकेका थिए र आमा तथा बच्चा दुबै स्वस्थ थीए ।
यति मात्रै हैन बालककी आमा जोले पहिलो तीन पटक भन्दा यस पटक सजीलोसंग बच्चा जन्मेको र कम पिडा झेल्नु परको पनि बताईन ।
- डिजिटल डाटा स्टोरेज गर्ने हार्ड डिस्क बजारमा नक्कली पाइन थालेका छन् । यसले उपभोक्ताको डाटा असुरक्षित हुनुका साथै मूल्य र गुणस्तरमा ठगिने क्रम बढेको छ ।
बजारमा खास गरी डेस्कटप र ल्यापटपका हार्ड डिस्क नक्कली आउन थालेको वेस्टर्न डिजिटल (डब्लुडी) को आधिकारिक बिक्रेता मेगाटेकका सुरेश लोहनी बताउँछन् ।
धेरै प्रयोग हुने स्टोरेज डिभाइस कम्प्युटरमै जोडिने हार्डडिस्क हो । सुरुमा प्यारालल एड्भान्स टेक्नोलोजी एट्याचमेन्ट (पाटा) डिस्क चल्तीमा थिए । तिनको ठाउँ अहिले आधुनिक प्रविधिको सिरिएल एडभान्स टेक्नोलोजी एट्याचमेन्ट (साटा) हार्डडिस्कले लिएका छन् । नेपालमा धेरै बिक्री हुने डब्लूडीका भारत र दक्षिण एसिया निर्देशक सुब्रतो दास आफूहरूको प्रतिस्पर्धा नक्कली हार्ड डिस्कसँग रहेको बताउँछन् । 'हाम्रै कम्पनीको नाममा स्टिकर टाँसेर बजारमा हार्डडिस्क ल्याइएका छन्,' उनले भने, 'तिनले उपभोक्तालाई ठगिरहेका छन् । उनीहरूको डाटालाई समेत जोखिममा पारेका छन् ।'
पुराना/बिगि्रएका हार्डडिस्कलाई मर्मत गरेर बजारमा ल्याउने गरिएको छ । त्यस्ता हार्डडिस्कमा भनेजति क्षमता नहुने, वारेन्टी नहुने र जुनसुकै बेला डाटा नष्ट हुन सक्ने डब्लूडीका निर्देशक दासको भनाइ छ । उनले हार्डडिस्क किन्नुअघि सक्कली भएको निश्चित गर्नुपर्ने बताए । 'हरेक व्यक्तिले आफ्नो सम्पत्तिलाई डिजिटलमा परिवर्तन गर्दै छन्,' मेगाटेकका लोहनीले भने, उनीहरूले आफ्नो स्टोर कति बलियो छ भन्ने थाहा पाउनुपर्छ ।'
सानो भुलले वर्षौंको मेहनत खेर जान सक्ने उनले बताए । सक्कली हार्डडिस्कमा सिरियल नम्बर र उत्पादन मिति उल्लेख हुन्छ । मेगा टेकले डब्लूडीको हार्डडिस्क सक्ककली हो/होइन भन्ने जानकारी एसएमएसबाट दिने व्यवस्था गरेको छ ।
मानौं तपाईले Youtube मा एउटा राम्रो भिडियो भेट्नुभयो । अब तपाईलाई उक्त भिडियो आफ्नो Computer मा वा Mobile मा Download गरेर पछि हेर्ने इच्छा जाग्यो । तर अफसोस तपाईसँग Youtube Video Downloader नै रहेनछ । अब तपाईको इच्छा हावामै उडेर जाने भएन त ? तपाई Downloader, Internet मा Search गरेर Download गरेर Install गरेर Videos Download गर्न त सक्नुहुन्छ तर त्यसको आधा समयमा नै तपाईले भनेजस्तो Format मा Video नै Download गरिसक्नुभएको हुनेछ । कसरी ? अचम्ममा पर्नु भयो ? अब अचम्ममा नपर्नुस् मैले सजिलो तरिकाबाट तपाईले भनेकै Format यानकी .flv, .mp4, .mp4(high), .3gp, .3gp(high) आदिमा Youtube को Video Download गर्ने तरिका लिएर आएको छु ।स्मरण रहोस् यसबाट तपाईले Youtube बाहेक अन्य Video Site बाट पनि Video हरू Download गर्न सक्नुहुनेछ तेस्को लागि यो लिंकमा जानुहोस http://en.savefrom.net/२. अब त्यहाँ Video Site को Video को URL लगाउने ठाँउमा Youtube Video को URL लिङ्क Copy गरी Paste गर्नुस् । र Download मा क्लिक गर्नुस् ।
३. अब त्यहाँ Video को Available Format हरू देखा पर्छ (जस्तो: .flv,.mp4,.3gp etc) जहाँ क्लिक गरेर स्वतः Download गर्न सक्नुहुनेछ ।
यसबाट Video Download गर्ने कुनै Limitation छैन यानकी Unlimited रुपमा Video हरू Download गर्न सक्नुहुनेछ र यो बिल्कुलै Free छ । कृपया एकपल्ट Try गरेर भएनभएको हामिलाई Comment Box मा जानकारी गराइदिनुहोला । धन्यवाद