चटगाउँस्थित जोहर अहमेद चौधरी स्टेडियमा नेपालले दिएको एक सय ४२ रनको चुनौति पछ्याएको अफगानिस्तानले ८ विकेट गुमाएर एक सय १३२ रन मात्रै जोड्न सक्यो । अफगानिस्तानलाई हराउन नेपालका लागि जितेन्द्र मुखियाले ३ विकेट लिए । यस्तै शक्ति गौचन र सोमपाल कामीले समान दुई-दुई विकेट लिँदा बसन्त रेग्मीले एक विकेट लिए । ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिएका जितेन्द्र मुखिया प्रतियोगितामा म्यान अफ दी म्याच घोषित भए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ५ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । नेपालका लागि ओप्नर व्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ५६ रन बनाए । सुवासले ५३ बलको सामना गर्दै ६ चौका र एक छक्का प्रहार गरे । यस्तै सरद भेष्वाकरले ३७ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्लले २२, सागर पुन ८ र कप्तान पारस खड्का एक रन बनाएर पेभिलियन फर्के । विनोद भण्डारी ४ तथा नरेश बुढाऐर २ रनमा अविजित रहे ।
उत्कृष्ट प्रदर्शन गरेपनि साफ यू-१६ को फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले उपाधि सुम्पियो ।
१८ औं मिनेटमा भारतका जेरी लालरिन्ज्वाले प्रहार गरेको बल गोलमा परिणत भएपछि दुवै पक्षको पोष्टमा बल छिरेनन् । गोल अन्तरले पछाडी परेको नेपाली टोलीले खेल अवधीभर उत्कृष्ट प्रदर्शन गर्दै बल नियन्त्रणमा राखेपनि जीतको लागि पर्याप्त बनेन ।
पानीले हिलाम्य मैदानमा दुवै टोलीका खेलाडीले खुलेर खेल्न पाएनन् । नेपालले खेलको अन्तिम मिनेटसम्म पनि गोलको लागि उत्कृष्ट प्रयास जारी राखेको थियो । तर, बिडम्बना कुनै गोल भने हुन सकेन ।
खेलपछि भारतीय प्रशिक्षक गौतम घोषले नेपाली टोलीको खुलेर प्रशंसा गरे । 'नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो', उनले भने,'तर, केही प्राविधिक कारणले गोल गर्न सकेन् ।' उनले नेपाली टोली प्राविधिकरुपमा निकै सक्षम भएको टिप्पणी गरे ।
लामो समयपछि उपाधी भित्र्याउने अठोट गरेको नेपालका प्रशिक्षक बालगोपाल महर्जनले टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि गोल गर्न नसकेको प्रतिक्रिया दिए । 'लामो समयपछि उपाधी भित्र्याउने मेरो प्रतिबद्धता पूरा हुन पाएन्', उनले भने,'त्यसको लागि माफी चाहन्छु ।'
नेपाल १४ बर्षपछि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा फाईनलमा पुगेको हो ।