२५ मंसिर, काठमाडौं । कैलालीको मालाखेती गाविस चौकीडाँडाबाट मंगलबार दिउँसो
नविल बैंकको २ करोड ३० लाख रुपैयाँ लुटपाट भएको छ । प्रहरीले भने घटना शंकास्पद भएको भन्दै अनुसन्धान थालेको छ ।
महेन्द्रनगर शाखाबाट धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जम्मा गर्न म १ ज १४८ नम्बरको गाडीमा राखेर ल्याउने क्रममा कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा लुटपाट भएको बैंकका कर्मचारीहरुले बताएका छन् । ट्राफिक प्रहरीको जस्तो कपडा लगाएको ५ जनाको समूहले चेकजाँच गर्ने भन्दै गाडी रोकेपछि हतियार देखाएर लुटेको गाडीमा रहेका कर्मचारीहरुले बयान दिएका छन् । ‘चेकजाँच गर्ने भन्दै रोके र लाइसेन्स हेरेपछि पेस्तोल देखाएर लुटे भनेका छन्’ प्रहरी इनिस्पेक्टर विष्णु सिंहले अनलाइनखबरसँग भन्नुभयो-’नियन्त्रणमा लिएर निकै अगाडि जंगलमा लगे र मारिदिन्छु भन्दै रकम लुटे भनेर खबर गरेपछि हामी घटनास्थलमा पुगेका छौं ।’
प्रहरीका अनुसार रकम लिएर गएको गाडीमा एक सुरक्षागार्ड समेत थिए । तर, उनले खुकुरी बाहेक केही हतियार नबोकेको पाइएको छ । महेन्द्रनगरबाट रकम लिएर जाने बेलामा प्रहरीलाई समेत खबर नगरेका बैंकका कर्मचारीहरुले अत्तरिया पुग्क करिव २ किलोमिटर नजिक पुगेपछि लुटिएको बयान दिएका छन् । ‘त्यती धेरै रकम लिएर जाने बेलामा प्रहरीलाई खबर पनि गरेनन्, महेन्द्रनगरबाट एक घण्टा गुडिसकेकापछि अत्तरिया पुग्ने बेलामा लुटपाट भयो भनिएको छ’ सिंहले भन्नुभयो ।
प्रहरीले अहिले कैलाली र कञ्चनपुरको सीमा सिल गरेर खोजी कार्यतिब्र पारेको छ ।
श्रावण २९ - रामेछापको खिम्ती गाविसमा गए राति आएको बाढी पहिरोमा परी ७ जनाको ज्यान गएको छ । बाढीले वगाउादा एक बालक वेपत्ता छन् भने ७ जना घाईते भएका छन् ।
खिम्ती गाविस वडा नं २ मा स्थानीय कृष्णवहादुर पोखरेलको घर बाढीले भत्काउदा सो घरमा व्यवसाय गर्दै आएका रस्नालु गाविस वडानं १ का भिमवहादुर तामाङको परिवारका ३ जनाको मृत्यू भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीका अनुसार ज्यान जानेमा भिमवहादुर तामाङ, उनकी पत्नी बाटुली तामाङ र सासु कान्छि तामाङ रहेका छन् । भिमवहादुरको १२ बर्षीय छोरा ढल्के तामाङ वेपत्ता छन् भने छोरीहरु मईमाया , हेमा र आईमाला घाईते भएका छन् । घाईतेलाई दोलखाको किर्नेस्थित धुलिखेल अस्पतालको उपचार केन्द्रमा भर्ना गरिएको छ ।
यसैगरी खिम्ती गाविस-४ कटुन्जेमा पहिरोले घर वगाउादा एकै परिवारका ३ जनाको ज्यान गएको प्रजिअ पराजुलीले वताएका छ । स्थानीय मीठ्ठु थापाको घर वगाउादा उनी, उनकी २२ वर्षीया छोरी स्वस्थानी र १३ बर्षीया छोरा केदारको मृत्यू भएको हो । यसैगरी बाढीले घर भत्कदा खिम्ती ३ मा १३ बर्षीया बालिका सिता सुनुवारको ज्यान गएको छ ।
घटनाको जानकारी पाउना साथ विहानै घटनास्थल तर्फ गएका सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली खानीखोलाको बाढीका कारण समयमानै गन्तव्यमा पुग्न सकेन । सेना र प्रहरीले बास र डोरीको साहायताले फड्के वनाएर उद्धारका लागि घटनास्थल पुगेको स्थानीयले जनाएका छन् । घटनास्थल आसपासबाट मृतकहरुका ७ वटै शव संकलन गरिसकिएको र ति शवको पोष्टमार्टम गरिने प्रजिअ पराजुलीले बताए ।
राति करिव २ वजे तिर खिम्तीमा ठुलो बर्षा भएपछि स्थानीय खोला र खहरे उर्लिएका थिए । खिम्ती वजार नजिकको खहरेले वगाएको ल्याएका ढुंगा र रुख पुष्पलाल मार्गमा पर्ने मोटर पुलमा अड्केपछि ठुलो क्षति हुन पुगेको अनुमान स्थानीयले गरेका छन् । बाढीले उक्त पुल समेत वगाएको छ । मोटर पुल वगाएपछि मंगलवार विहानै देखि काठमाण्डौं रामेछापको यातायात सेवा ठप्प भएको छ ।
वाढीले खिम्तीका साना साना खोल्सामा पनि यस अघि कहिल्यै नदेखिएको भेल आउदा सर्वसाधारणको धनजनको विनाश गरेको छ । खहरेमा आएको वाढी पस्दा प्रहरी चौकी र आसपासको वस्ती जलमग्न छ भने वजार क्षेत्रमा केहि घर पसल डुवेका छन् । प्रजिअ पराजुलीका अनुसार खिम्तीमा गएराति बाढीले पुर्याएको क्षतिको पुर्ण विवरण आउन बाँकी छ ।

साफ यू–१६ च्याम्पियनसिपको उपाधी भारतले जितेको छ । फाईनलमा भारत नेपाल विरुद्ध १-० ले जित हात परेको हो । खेलको १८ औं मिनेटमा भारतीय खेलाडी जेरीलालले गोल हानेका टिमलाई अग्रता दिलाएका थिए । नेपालले पटक-पटक प्रयास गरेपिन गोल फर्काउन सकेन ।
नेपाली खेलाडी दिवस सुवेदीको ठाउँमा किरण सुनार आएका छन् । दशरथ रंगशालामा दुवै टोलीका खेलाडी उपाधिका लागि भिडि्रहेका छन् । डिफेन्डिङ च्याम्पियन भारतसँगको प्राविधिकरुपमा सक्षम नेपाली टोलीको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । सेमीफाइनलमा बंगलादेशलाई ५–१ को गोल अन्तरले हराएको नेपाली टोली पहिलो पटक फाइनलमा खेल्दैछ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीको मनोबल उच्च छ । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जितेर ईतिहास रच्ने दाबी गरेका छन् ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोजगारीमा जाने प्रतीक्षामा रहेका युवा सरकारी उदासीनताका कारण दक्षिण कोरिया जानबाट वञ्चित हुने भएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०११ मा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी सबै प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका उनीहरूलाई समयमै रोजगारीमा पठाउन सरकारले पहल नगरेका कारण रोस्टरबाटै हट्ने भएका हुन् । सन् २०११ मा सञ्चालित भाषा परीक्षामा दक्षिण कोरियाले ७ हजार १ सय कामदार कोटा दिइएको थियो ।
तर, सरकारकै पहलमा कोटा बढाएर १५ हजारलाई उत्तीर्ण गराए पनि अहिले कमजोर कूटनीतिक पहलका कारण रोजगारदाताले सबै कामदार तोकिएको समयमा नलैजाने भएको छ । सरकारले समयमै पहल नगरेकै कारण अहिले ईपीएसको रोस्टरमा रोजगारीमा जान प्रतीक्षा गरिरहेका ६ हजारमध्ये ३ हजारभन्दा बढी युवा तोकिएको समयअगावै रोस्टरबाट हट्ने भएका छन् । दक्षिण कोरियाले नेपाललगायत १५ मुलुकबाट ईपीएस प्रणालीअन्तर्गत कामदार लिने गर्छ ।
रोजगारदाताले अन्य मुलुकको तुलनामा नेपालीलाई बढी प्राथमिकता दिए पनि नेपाल सरकारले कूटनीतिक रूपमा बढी कामदार लैजान पहल नगरेकै कारण रोजगारीका लागि छानिएका समेत अवसरबाट वञ्चित हुने अवस्था आएको हो । सरकारी बेवास्ताकै कारण दुई वर्षदेखि रोजगारीमा जाने प्रतीक्षामा रहेका युवा अहिले कोरिया जान पाउनुपर्ने ग्यारेन्टीको माग गर्दै आन्दोलनमा उत्रिन बाध्य भएका छन् । महिनौको मेहनत र हजारौं रुपैया“ खर्च गरेर भाषा उत्तीर्ण गरेका कतिपय युवा दुई वर्षसम्म पनि रोजगारीमा जान नपाएपछि मानसिक रूपमा समेत विक्षिप्त बनेका छन् । ‘हजारौं रुपैया“ खर्च गरेर महिनौको मेहनतपछि भाषा परीक्षा उत्तीर्ण ग¥यौं,’ कोरिया पीडित नवलपरासीकी सन्जु थापाले भनिन्, ‘सरकारको बेवास्ता र उदासीनताकै कारण अहिले हाम्रो मेहनत, पढाइ बर्बाद भयो, घरपरिवारबाट समेत मानसिक दबाब खेप्नुपरेको छ ।’
रोजगारदातासँग सरकारी तवरबाट पहल नभएकैले आफूहरू अवसरबाट वञ्चित भएको उनको गुनासो छ । कोरिया जाने चक्करमा खर्च, पढाइ र समय बर्बाद गरेको भन्दै परिवारबाट समेत अपहेलित हुनुपरेको थापाले बताइन् । रोजगारीमा जान पाउनुपर्ने सुनिश्चिताको माग राख्दै आन्दोलनमा समेत रहेका ईपीएसपीडित रोजगारीमा जान वञ्चित भएमा निर्णायक आन्दोलनमा समेत जाने तयारीमा रहेको बताउ“छन् । सरकारी बेवास्ता र कमजोरीकै कारण यस्तो अवस्था आएको उनीहरूको बुझाइ छ । ईपीएसपीडित गोरखाका ज्ञानेन्द्र ढकाल सरकारले आफूहरूलाई बेवास्ता गरेका कारण दुई वर्षको मेहनत र प्रतीक्षा खेर गएको बताउँदै रोजगारीको अवसरबाट वञ्चित भएमा निर्णायक आन्दोलन गर्ने बताए । ईपीएस प्रणालीमार्फत समयमै रोजगारीमा जान नपाए कतिपयले यसअघि नै आत्मदाह गर्ने घोषणासमेत गरेका थिए ।
यो अवस्थामा सरकारले नै पु¥याएको उनीहरूको बुझाइ छ । घरपरिवारको दबाब र सरकारी बेवास्ताका कारण सार्वजनिक रूपमै आत्मदाहको घोषणा गर्न बाध्य भएको पीडितको भनाइ छ । सन् २०११ मा सञ्चालित भाषा परीक्षामा उत्तीर्ण भई ईपीएसको रोस्टरमा रहेका २ हजारभन्दा बढीको नाम आगामी डिसेम्बरदेखि हट्ने भएकाले बढीजसोले रोजगारीमा जान नपाउने भएका हुन् । अहिले ६ हजारभन्दा बढी कामदार रोजगारीका लागि ईपीएसको रोस्टरमा बा“की रहेका छन् । ईपीएसले सन् २०१३ का लागि करिब ९ हजारको रोस्टर तयार गरेको थियो । अब धेरै कामदारको माग नआउने भएकाले पनि उनीहरूको नाम हट्ने देखिएको छ । रोजगारीको ग्यारेन्टी माग गर्दै आन्दोलन गर्न बाध्य युवाले सरकारले दमनसमेत गर्न खोजेको जनाएका छन् ।
पीडित र सरकार पक्षबीच उनीहरूको माग र आन्दोलनलाई लिएर वार्ता भए पनि आफूहरूको मागलाई बेवास्ता गर्न खोजेको पीडितको गुनासो छ । सरकारी पक्षले आगामी १८ साउनसम्म आन्दोलन स्थगित गर्न आग्रह गरेपछि अहिले उनीहरूको आन्दोलन रोकिएको छ । रोजगारीको ग्यारेन्टी माग गर्दै आन्दोलनमा रहेका पीडितलाई मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले समेत रोजगारीमा पठाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । श्रम तथा रोजगार मन्त्रालयले समेत उनीहरूका लागि आवश्यक पहल भइरहेको जनाए पनि पीडित युवा भने ढुक्क हुन सकेका छैनन्
बुढापाकाले भने झैं बाँच्नु चाहिं पर्छ संसारमा अनेक देख्न र अनेक किसीमको घटना घटेको सुन्न पाईन्छ । प्रकृतिले मानिसलाई कहिलेकहीं यस्तरी धोका दिन्छ कि कहिले जन्मँदै आखाँ नभएको बच्चाको जन्म हुन्छ त कहिले जिब्रो नै नभएको बच्चा जन्मिन्छ । यस्तै अचम्मको घटना घटेको छ बैतडी जिल्ला अस्पतालमा ।
जिल्ला अस्पताल बैतडीमा टाउको नै नभएको वच्चा जन्मीएको छ । दार्चुला जिल्लाको तपोवन गाविस वडा नं.१ मार्माकी २० वर्षीय सुत्केरी महिला गीता विष्टले टाउको नै नभएको बच्चा जन्माएकी हुन् । टाउको नै नभएको बच्चा जन्मनुको कारणबारे बुझ्न खोज्दा जन्मजात विकृतिका कारण टाउको नभएको वच्चा जन्मिएको जिल्ला अस्पतालमा कार्यरत अनमी सकुन्तोला लुहारले वताउनुभयो ।
दस गते विहान जिल्ला अस्पतालमा पुगेकी विष्टले राति सवा ९ वजे मात्रै वच्चा पाएकी थिइन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीका अनुसार १ केजी तौल भएको वच्चा जन्मने वित्तिकै मरिसकेको छ भने आमाको अवस्था अहिले सामान्य रहेको छ ।
गर्भ रहनु भन्दा ३ महिना अगाडी फोलिक एसिड सेवन गरे यस्तो समस्या नआउने उहाँको भनाइ छ । गर्भवतीले रक्तअल्पता कम गर्न खाने आइरन चक्कीमै मिश्रण भएको अर्को तत्व फोलिक एसिड हो । फोलिक एसिडले गर्भमा रहेको शिशुको मानसिक विकासमा ठूलो भूमिका निर्वाह गर्ने चिकित्सकले जनानाएका छन् ।
गर्भावस्थामा फोलिक एसिडको अभावमा बच्चामा तीन वर्षको उमेर पुग्दा पनि बोली नफुट्ने, महिना नपुगी जन्मन सक्ने, कम तौलको हुने, संक्रमणको खतरा बढ्ने, बच्चा जन्माउँदा अलिकति आमाले थाम्न नसक्ने र ज्यादै जटिल अवस्थामा आमाको पेटभित्रै बच्चा खेर जान पनि सक्ने सम्भावना रहने गरेको चिकित्सकहरु बताउंछन् । गर्भावस्थाको सुरुका दिनमा फोलिक एसिड कमी भए स्नायु तन्त्रको समुचित विकासमा असर परेर बच्चाको बोली फुट्न ढिलो हुने स्त्री तथा बालरोग विषेशज्ञहरु बताउंछन् ।
नेपालका पाहाडी विकट क्षेत्रमा स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीको कमी र सुरक्षित मातृत्व सम्बन्धी जनचेतानाको अभाबले गर्दा विकट ग्रामीण क्षेत्रमा यस्ता घटनाहरु बढ्दै गएका छन् । सरकारको ध्यान कहिले जाला यता ?
सोल, श्रावण १२ - दक्षिण कोरिया सरकारले नेपालका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत चौथो भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । नेपाल ईपीएस शाखा ग्वार्को ललितपुरले परीक्षा कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । एक दिनमा दुई सिफ्ट संचालन हुने उक्त परीक्षा असोज २० र २१ मा संचालन हुने र ८ हजार २ सय उमेरद्वारलाई उत्तीर्ण गर्ने जनाइएको छ ।
औद्योगीक उत्पादन मुलक मुलक क्षेत्रमा ४ हजार ६ सय कृषि तथा पशुपालनमा ३ हजार ६ सय परीक्षार्थी उतीर्ण गराइने प्रकाशित सूचनामा उल्लेख छ । यो संख्या तेस्रो भाषा परीक्षाको तुलनामा झण्डै आधा कम हो भने मंगोलिया र अन्य मुलुकको तुलनामा दोब्बर बढी हो । नेपाली कामदारहरु इमान्दार र परिश्रमी भएकाले कोरियन रोजगारदाताको छनौटमा बढी पर्ने गरेका छन् । कोरियाले आन्तरिक श्रम बजार र सम्बन्धित देशका अवैधानिक कामदारको संख्या र अपराधिक गतिविधिका आधारमा कोटा वितरण गर्दछ । अन्य मुलुकको दाजोमा अवैधानिक नेपालीको संख्या न्यून रहेको छ ।
सूचनामा जनाइए अनुसार परीक्षार्थीले आवेदन गर्दा पछि परिवर्तन नगर्ने गरी औद्योगीक उत्पादन,कृषि मध्ये आफूले जान चाहेको क्षेत्र छान्नुपर्ने छ । त्यस्तै आवेदक १८ देखि ३९ बर्ष उमेर समुहको हुनुपर्ने छ । अपराधिक गतिविधिमा संलग्न नभएको, विगतमा गणतन्त्र कोरियामा गइ गैह्र कानुनी रुपमा बसोबास नगरेको । आफ्नो देशबाट विदेश जान रोक नलगाइएको र दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने उमेरद्धारले परीक्षामा सहभागि हुन पाउने छन् । भाषा परीक्षामा उच्चत्तम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा सहभागि हुन पाउने छन् ।
आवेदन काठमाण्डौमा तीन स्थान,धरान तथा बुटवलबाट भदौ ५ गते देखि ८ गते बिहान ९ देखि ६ बजेसम्म आवेदकले नै बुझाउनु पर्ने छ । आवेदन संगै राहदानीको फोटोकपि, हालसालै खिचेको ३.५८ ४.५ सेमीको २ प्रति फोटो र दस्तुर बुझाएको अर्ध्ाकट्टी संलग्न हुनु पर्नेछ । परीक्षा शुल्क अमेरिकी डलर चौविस -२४) लाग्नेछ । आवेदकले जुन दिनमा दर्ता फाराम बुझाउने हो सो को अघिल्लो दिनका लागि केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाको हिसाब कार्यालयले तोकेको बैंकमा बुझाउनु पर्ने छ । विशेष कारणबश आवेदन फाराम रद्द गर्न चाहनेहरुले दर्ता अवधिभित्र रद्द गर्न सक्नेछन् । रकम बुझाएको भौचर सहित उपस्थित भए रकम फिर्ता दिइन पनि सूचनामा उल्लेख छ ।
परीक्षा ७० मिनेटको हुन्ोछ । पढाई तर्फ १०० पूणर्ांकमा २५ प्रश्नहरुका लागि ४० मिनेट र सुनाई तर्फ १०० पूणर्ांकमा २५ प्रश्नका लागि ३० मिनेट छुट्याइएको छ । परीक्षार्थीले उत्तर दिंदा कालो वलपेन प्रयोग गर्नुपर्ने छ । अन्य रंगको मसी वा पेन्सील प्रयोग गरे रद्ध हुने पनि जनाइएको छ । परीक्षा स्थल र समय असोज ९ गते प्रकाशन गरिने पनि जनाइएको छ भने परीक्षफल कात्तिक ४ गते प्रकाशित गरिने जनाइएको छ । 'कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीकोआवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाइने ग्यारेण्टी भने होईन ।' सूचानामा उल्लेख छ ।
परीक्षा स्थलमा मोबाइल फोन,क्यासेट प्लेयर,एमपी थ्री प्लेयर,इलेक्ट्रोनिक डिक्सनेरी ,पीडीए र अन्य इलेक्ट्रोनीक डिभाइसहरु प्रयोग गर्न नपाइने जनाइएको छ । परीक्षा अवधिमा यस्ता सामानहरुको प्रयोग गरेको पाइएमा त्यस्ता परीक्षार्थीलाई २ बर्षसम्म ईपीएस परीक्षामा अयोग्य हुने गरी कार्वाहि गरिने पनि जनाइएको छ ।
सन् २००७ को जुलाई २३ मा नेपाल र कोरियाविच श्रम मन्त्रीस्तरीय सम्झौता भए यता तीन पटक भाषा परीक्षा संचालन भइसकेको छ । हालसम्म १८ हजार भन्दा बढी नेपाली युवाले रोजगारी पाइसकेका छन् । कोरियामा निजी क्षेत्रबाट कामदार पठाउने ब्यबस्था छैन । ईपीएस सम्बन्धी सबै काम नेपाल र कोरिया सरकारबाट हुने भएकाले कम लागतमा कोरिया पर्न गएको हो । यहा आएका नेपाली कमदारले मासिक न्यूनत्तम ९० हजार रुपैया कमाउन सक्छन् ।

पोखरा, श्रावण ११ - उपहार दिने भन्दै आँखा बन्द गर्न लगाएर एक युवतीले युवकको टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएर आत्महत्या गरेकी छिन ।
मोबाईलको कुराकानीपछि ड्यामसाईडको एक गेष्ट हाउसमा भेटघाट गर्न पुगेकी तनहुँ दुलेगौंडाकी १९ बर्षीया रुपा मगरले स्याङजाका २० बर्षीय त्रिलोचन शर्मालाई खुकुरी प्रहार गरी आत्महत्या गरेकी प्रहरीले जनाएको छ
प्रहरीका अनुसार दुवैजना बिहीबार दिउँसो अशोक गेष्ट हाउसमा पुगेर चिसो मगाएर खाएका थिए । त्यसपछि गेष्ट हाउसमा कोठा लिएर भित्र पसेको १०/१२ मिनेटपछि युवक शर्माले मलाई खुकुरीले हानी साहुजी तपाईलाई पनि हान्न सक्छे भन्दै बाहिर निस्किएका थिए । संचालकले तत्कालै प्रहरीलाई खबर गरी घाईते शर्मालाई अस्पताल पठाउने चाँजो मिलाएका थिए ।
लगत्तै पुगेको प्रहरी उनीहरु बसेको कोठामा जाँदा भित्रबाट चुकुल लगाएको भेटिएपछि झ्यालबाट हेर्दा युवती सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए । 'ढोका फोडेर हेर्दा युवतीको मृत्यु भैसकेको थियो', खड्काले भने ।
घाईते शर्माको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरी श्रोतका अनुसार घाईते शर्माले प्रारम्भिक बयानमा युवतीलाई बिहीबारमात्रै चिनेको र यसअघि कहिल्यै भे

काठमाडौ, श्रावण ९ - नेपाल प्रहरीले १ अर्ब १८ करोड रुपैयाँको लगानीमा प्रहरी अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्ने भएको छ । प्रहरी कल्याण कोषबाट ऋण लिएर मेडिकल कलेज बनाउन लागिएको हो ।
अस्पताल विकास समितिअन्तर्गत मेडिकल कलेजमा स्तरोन्नति गर्न सरकारले छ वर्षअघि नै स्वीकृति दिए पनि केही महिनाअघि मात्र काम अघि बढाउने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको थियो । 'प्रहरी अस्पताललाई मेडिकल कलेज बन्न नदिन प्रहरीभित्रै र बाहिरबाट भएको चलखेलको कारण प्रगति हुन सकेको थिएन,' प्रहरी प्रवक्ता नवराज सिलवाल (नायब महानिरीक्षक) ले भने, 'अब प्रक्रिया अघि बढिसकेको छ, पछाडि फर्किने काम हुन्न ।'
कल्याणकारी कोषले पहिलो वर्ष ३० करोड रुपैयाँ र त्यसपछि हरेक वर्ष २५ करोड रुपैयाँको किस्तामा रकम उपलब्ध गराउने सहमति छ । तर विद्यार्थी भर्नाबाट रकम आउने भएकाले ३/४ वर्षपछि कल्याणकारी कोषबाट सहमतिअनुसारको रकम नलिए पनि मेडिकल कलेज चल्ने अनुमान गरिएको सिलवालले बताए । कोषमा भएको १ अर्ब ४७ करोड रुपैयाँ २२ वटा वाणिज्य बैंकमा बचत छ । यसरी बैंकमा राख्नुभन्दा लगानीमा प्रतिफल देखिएकाले प्रहरीको आफ्नै मेडिकल कलेजमा लगानी गर्ने निधो गरिएको उनले बताए । 'चार्टड एकाउन्टेन्टसहितको विज्ञ समूहले पनि लगानीका लागि उचित परियोजना ठहर्याएपछि अघि बढाइएको हो,' उनले थपे ।
२०४० सालमा स्थापित प्रहरी अस्पतालमा १ सय ५५ शय्या क्षमता छ । मेडिकल कलेज सञ्चालनका लागि अस्पतालको शय्या संख्या ३ सय पुर्याउन काम भइरहेको छ । हरेक वर्ष एमबीबीएसमा १ सय, बीडीएस र नर्सिङ (प्रमाणपत्र तह) मा ४०/४० विद्यार्थी भर्ना गरी कक्षा सञ्चालन गर्ने योजना छ । एमबीबीएसमा १० सिटमा सरकारले निःशुल्क (प्रतिस्पर्धामा अब्बल ठहरिएको आधारमा सिफारिस गर्ने गरी) प्राप्त गर्ने छ । नेपाल प्रहरी (अवकाशप्राप्त समेत) का छोराछोरी पाँच जनाले पढ्न पाउने छन् । ५० प्रतिशत छात्रवृत्तिमा प्रहरीका थप पाँच छोराछोरीले डाक्टरी पढ्न पाउने छन् । यस्तै निजामती, सेना र सशस्त्र प्रहरीका छोराछोरी पाँच जनाले ५० प्रतिशत छात्रवृत्तिमा पढ्ने सुविधा पाउने छन् । बाँकी ७५ सिटमा पूरै शुल्क तिरेर पढ्नुपर्ने छ । बीडीएस र नर्सिङमा पनि प्रहरीका छोराछोरीलाई आरक्षण छ ।
'प्रहरीको तल्लो दर्जाका (अवकाशप्राप्त समेत) कर्मचारीका जेहेन्दार छोराछोरीले पनि डाक्टरीजस्तो महँगो पढाइ सुविधा पाउनु मेडिकल कलेजको सुन्दर पक्ष हो,' अस्पतालका चिकित्सक दिनेश्ाचन्द्र पोखरेलले भने । निःशुल्क र सहुलियत दरमा अध्ययन पूरा गर्नेले कम्तीमा दुई वर्ष अनिवार्य सेवा गर्नुपर्ने छ । यसमा एक वर्ष दुर्गम क्षेत्रमा बस्नुपर्ने छ । अस्पताल रहेको महाराजगन्जमा सशस्त्र प्रहरी गणको जग्गासमेत गरी १ सय ३५ रोपनी क्षेत्रफलमा मेडिकल कलेज सञ्चालन हुने छ । एमबीबीएसको सुरुको २ वर्ष (बेसिक साइन्स) को कक्षाका लागि साँगामा रहेको प्रहरी स्कुल हातामा पूर्वाधार निर्माण हुने छ ।
मेडिकल कलेजमा क्रमशः एमबीबीएस, नर्सिङ, पोस्ट ग्य्राजुएट कोर्स तथा सुपर स्पेसियालिटी कोर्स सञ्चालन गर्ने १० वर्षको गुरु योजना बनाइएको छ । प्रहरी र पूर्वप्रहरी र तिनका परिवारका लागि विद्युतीय ढोकामार्फत छुट्टै ठाउँमा उपचारको बन्दोबस्त मिलाउने योजना छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनसँग समन्वय गरी मुलुकका गरिब जनताले पनि बेहोर्न सक्ने गरी स्वास्थ्य बिमा योजनाको विकास गरिने भनिएको छ । 'मुलुककै उत्कृष्ट मेडिकल कलेज बनाउने लक्ष्य लिएर हामी अघि बढेका छौं,' पोखरेलले भने ।
प्रहरी अस्पतालमा अहिले ४ सय ५० जति जनशक्ति छ । मेडिकल कलेज बनेपछि यसका लागि १ हजार ४ सय दक्ष जनशक्ति आवश्यक हुन्छ । यसका लागि प्रहरी सेवाका स्थायीका साथै करारमा जनशक्ति लिइने छ । आवश्यक डाक्टरमध्ये ५० प्रतिशत हाल उपलब्ध छन् । तर अस्पतालका चिकित्सक शिक्षण पेसामा संलग्न नभएकाले बेसिक साइन्स (सुरुको दुई वर्षको पढाइ) का लागि जनशक्ति अभाव छ ।
मेडिकल कलेज स्तरोन्नतिको प्रक्रिया अघि बढेपछि प्रहरीका केही अवकाशप्राप्त उच्चपदस्थ विरोधमा उत्रिएका छन् । तिनले कल्याणकारी कोषको रकम मेडिकल कलेजमा लगानी गरेर जोखिम मोल्न नहुने बताइरहेका छन् । प्रधान कार्यालयसम्बद्ध स्रोतका अनुसार जोखिम मोल्न नहुने भनेपनि तिनले आफू मेडिकल कलेजको हर्ताकर्ता हुनपर्ने माग गरिरहेका छन् ।
केहीले प्रहरीमा कमाएको कालोधन मेडिकल कलेजमै लगानी गरेकाले पनि प्रहरीले मेडिकल कलेज सञ्चालन गर्न हुन्न भनेर विरोध गरिरहेको स्रोतको भनाइ छ । 'सेवामा रहँदा पनि फोर्सलाई नै बद्नाम गरेर पैसा कुम्ल्याए,' प्रधान कार्यालयसम्बद्ध स्रोतले भन्यो, 'अहिले पनि मेडिकल कलेजको विरोध गरी दुःख दिइरहेका छन् ।'इकान्तिपुर
साउने संक्रान्तिको दिन। राती करबि साढे १० बजे। काठमाडौँको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनअगाडिको सडकमा युवतीको भेषमा पुतलीजस्तै सिँगारिएको समूह बटुवाहरूसँग उत्तेजक हाउभाउ देखाइरहेको थियो। कुनै पुरुष नजिक देख्नासाथ कहिले आँखा झिम्क्याइदिन्थ्यो त कहिले मुसुक्क हाँसेर हातले इसारा गर्न भ्याउँथ्यो।
सुलुत्त परेको अग्लो ज्यानकी एक युवती कोही पुरुष आफ्नो छेउमा आउनासाथै कम्मर मर्काएर नाच्दै नजिकिन खोज्थिन्। घरीघरी प्रहरीको गस्ती भ्यान हुइँकिँदा यो समूह त्यहीँ कतै बिलाउँथ्यो र छिनमै उस्तै दृश्य दोहोरिन्थ्यो। प्रहरी र त्यो समूहको लुकामारी चल्थ्यो। ग्राहक पट्याउन सफल हुनेहरू यस्तो तामझाममा नभुली ट्याक्सीमा बसेर कतै बतासिन्थे।
गार्डेन अफ डि्रम -स्वप्न बगैँचा)नजिकैको सडक क्षेत्र हरेक रात यसै गरी रंगीला बन्छ। राती १० बजेपछि ग्राहक खोज्दै सडकमा तेस्रो लिंगी यौनकर्मीहरू छपक्कै हुन्छन् यहाँ। केशरमहलस्थित शिक्षा मन्त्रालयको पुरानो भवनदेखि कर्मचारी सञ्चयकोष भवनसम्मको सडक किनारामा उनीहरू खुलमखुला मोलमोलाइ गररिहेका भेटिन्छन्।
२ साउनको सवा १० बजेतिर चितवनकी किरण विक, २२, स्वप्न बगैँचाअगाडि रेलिङ्मा अडेस लागेर आवतजावत गर्नेहरूप्रति चनाखो आँखा लगाएर उभिरहेकी थिइन्। छिनमै एक जना टिनेजरले किरणसँग साउती मारे। सम्भवतः कुरा मिलेन र उनी फनक्क अर्कोतिर फर्किन्। भन्छिन्, "यस्ता केटाहरू धेरैजसो जिस्क्याउन मात्रै आउँछन्, नजिक परेर कस्ता होलान् भनेर छुन खोज्छन्। अनि, जान्छन्।"
शारीरकि बनावट पुरुषको भए पनि हाउभाउ, स्वभाव र भावना महिलाको हुने यी तेस्रो लिंगीहरू गुजाराका लागि मध्यरातमा सडकमा ओर्लिएको दाबी गर्छन्। राती सडकमा जति भड्किलो हाउभाउका साथ देखिन्छन्, वास्तविक जीवनमा उनीहरूको पीडा उत्तिकै सघन हुन्छ। घरपरविार, समाजले हेयको भावले हेर्ने हुँदा अधिकांश तेस्रो लिंगीहरू कसैले नचिन्ने सहरतिर पाइला चाल्छन्।
किरणकै कुरा गरौँ। बाबुआमाले आफ्नो सन्तान नै होइन भन्न थालेपछि किरण घर छाडेर ०६१ सालमा सोझै कसैले नचिन्ने ठाउँ काठमाडौँ पसिन्। केटाकै 'लुक्स'मा उनले थापाथलीको एउटा चिनियाँ रेस्टुराँमा काम पाइन्। तर, आनीबानीका कारण बिस्तारै सहकर्मी र साहूले तेस्रो लिंगी भएको पत्तो पाए। भन्छिन्, "हाम्रो स्वभाव मान्छेहरूले चाँडै थाहा पाइहाल्छन्। लुकाउनै सकिँदैन। म यस्तो भएको थाहा पाएपछि सबैले छक्का, हिजडा भनेर जिस्क्याउन थाले। मेरो चित्त दुख्थ्यो। त्यसपछि काम छाडेर हिँडे।" त्यसपछिका दिन किरणले यौनकर्मीकै रूपमा बिताइरहेकी छन्।
नीलहीरा समाजका अनुसार नेपालमा समलिंगीको संख्या करबि चार लाख छ। जसमध्ये दुई प्रतिशत तेस्रो लिंगी छन्। यस हिसाबमा तेस्रो लिंगीको संख्या आठ हजार हुन्छ। जसमध्ये अधिकांश 'मेल टु फिमेल' (शारीरकि रूपमा पुरुष तर भावनात्मक रूपमा महिला) तेस्रो लिंगीहरू यौनकर्मी बनेका छन्। 'फिमेल टु मेल' (महिला पुरुष भएर हिँड्ने) तेस्रो लिंगीहरू भने यौन व्यवसायमा देखिँदैनन्।
उपत्यकामा मात्रै तेस्रो लिंगी यौनकर्मीको संख्या तीन सयको हाराहारी रहेको नीलहीराकी मानव अधिकार क्षेत्र हेर्ने भूमिका श्रेष्ठको भनाइ छ। यसबाहेक उपत्यकाबाहिरका सहरहरू धरान, इटहरी, नारायणघाट र पोखरामा उनीहरू यस्तो कार्यमा लागेका छन्।
काठमाडौँको ठमेल क्षेत्रमा मात्रै करबि ६० जना तेस्रो लिंगी यौन व्यवसायी ग्राहकको खोजीमा नियमित धाउने गर्छन्। राती १० बजेदेखि ठमेलमा देखा पर्ने उनीहरू मध्यरातको १२ बजेसम्म ग्राहक फकाउन व्यस्त हुन्छन्। बुटवलकी रञ्जु थापा, २७, भन्छिन्, "कहिलेकाहीँ त बिहान ३ बजेसम्म पनि बस्छौँ। ग्राहक कति चाँडो भेटिन्छ, त्यसमा भर पर्छ।"
केही वर्षअघिसम्म तेस्रो लिंगी यौनकर्मी काठमाडौँका ठमेल र रत्नपार्कमा मात्रै खुम्चिएका थिए। तर, संख्या बढेसँगै उनीहरू अहिले राजधानीका विभिन्न क्षेत्रमा फैलिएका छन्। प्रहरीका अनुसार ठमेल, नयाँबजार, जमल, लैनचौर, रत्नपार्क, वीर अस्पताल, खुलामञ्च, चाबहिल, नयाँ र पुरानो बसपार्क उनीहरूका ग्राहक खोज्ने स्थान हुन्। त्यसमध्ये चाबहिल, नयाँबजार, नयाँ बसपार्क तेस्रो लिंगी यौन व्यवसायीहरूका नयाँ अखडा हुन्।
ठमेलबाहेकका क्षेत्रमा तेस्रो लिंगी यौनकर्मीहरू साँझ पर्नासाथ निस्कन्छन् र १० बज्दा नबज्दै फर्किसक्छन्। अन्यत्र रात्रि जीवन नभएकाले पनि उनीहरू अबेरसम्म बस्दैनन्। धेरै तेस्रो लिंगी यौनकर्मी लाजिम्पाट क्षेत्रमा बस्छन्। तेस्रो लिंगीको अधिकारसम्बन्धी काम गर्ने संस्था लाजिम्पाटमै भएकाले पनि त्यहाँ उनीहरूको उपस्थिति अन्यत्रभन्दा बाक्लो छ।
भानुभक्त मेमोरयिल विद्यालयअगाडिसम्म फराकिलो रहेको बाटो त्यहाँबाट साँघुरन्िछ। इँटा बिछ्याइएको साँघुरो गल्लीभित्रको एउटा घरमा भाडामा बस्छिन्, रञ्जु थापा। टीभी दराजको आडैमा रहेको टेबुलमा शृंगारका सामान सजाइएका छन्। खाटको गोडातिर कुर्सी राखिएको छ।
रञ्जुले ग्राहक यहीँ ल्याउँछिन्। भन्छिन्, "पहिले-पहिले गेस्ट हाउसतिर जान्थ्यौँ। अचेल सबै साथीहरू आ-आफ्नै कोठामा ल्याउँछौँ।" कसैको डर नहुने हुँदा कोठा दुवै पक्षका लागि सुरक्षित हुने उनीहरूको भनाइ छ। पाँच वर्षदेखि यही पेसाबाट गुजारा चलाइरहेकी धरानकी पूजा राई, २८, भन्छिन्, "बाहिरभन्दा आफ्नै कोठामा सुरक्षित भइन्छ। ग्राहकलाई समेत कोठामा आउँदा गेस्ट हाउस वा होटलभन्दा सस्तो पर्छ।"
गेस्ट हाउसमा प्रहरीले छापा मार्ने हुँदा कोठा सुरक्षित पनि छ, उनीहरूका लागि। सडक त उनीहरूको ग्राहक खोज्ने संगमस्थल मात्रै हो। यस्ता यौन व्यवसायीको रेट त हुँदैन। तर, यो समुदायबीच पाँच सय रुपियाँभन्दा तल झर्नुहुँदैन भन्ने भद्र सहमति बनेको पूजा बताउँछिन्। भन्छिन्, "त्यसभन्दा माथि जसले जति डिल गर्न सक्छ, उति हुन्छ। कतिपय मनकारी ग्राहक पीडा सुनेर मोलमोलाइ गरेभन्दा बढी पैसा दिनसमेत राजी हुन्छन्।" आफूले रात बिताएको ग्राहकसँग तीन हजार रुपियाँसम्म लिएको पूजा खुलाउँछिन्।
मुख्यतः मुख मैथुन (ओरल सेक्स)मा रुचि राख्नेहरू र श्रीमतीबाट यौन सम्पर्कमा असन्तुष्टहरू उनीहरूका मुख्य ग्राहक हुन्। आएका ग्राहकमध्ये अधिकांश विवाहित पुरुष हुन्छन्। "ओरल सेक्स मन पराउने तर श्रीमतीबाट त्यो इच्छा पूरा नहुने संख्या सहरमा धेरै ठूलो छ," तेस्रो लिंगीको 'गेट अप'मा टेलिभिजन कार्यक्रम 'उज्जु डार्लिङ्' सञ्चालन गर्ने हास्य कलाकार उज्ज्वल भण्डारी भन्छन्, "त्यस्तो कुण्ठा पाल्नेहरू नै उनीहरूका प्रमुख ग्राहक हुन्। मान्छेको नेचर नै त्यस्तै छ भने के गर्नु ?"
पूजाका अनुसार समाजमा स्थापित व्यक्तिहरू नै उनीहरूका मुख्य ग्राहक हुन्, जसलाई उनीहरू साथी भन्न रुचाउँछन् र नियमित सम्पर्कमा रहन्छन्। यस्ता ग्राहकको संख्या आधा दर्जन रहेको पूजाले बताइन्। अझ रञ्जुको त यस्ता साथी एक दर्जन रहेछन्। भन्छिन्, "उनीहरू आफैँ सम्पर्क
गरेर आउँछन्।"
नेपालले भेटेका एक दर्जन तेस्रो लिंगी यौनकर्मीमध्ये अधिकांशले नियमित ग्राहक बनाएको खुलाए। कतिपयको यस्ता ग्राहकसँगै 'लभ अफेयर'समेत चलेको छ। जस्तो ः सरकारी सेवामा कार्यरत कर्मचारीसँग रञ्जुको अफेयर चल्यो। उनीहरू चार वर्ष सँगै बसेछन्। केटालाई घरबाट विवाह गर्ने दबाब आएपछि उनीहरू सँगै बस्न सकेनन्। भन्छिन्, "अहिले फोनमा कुराकानी हुन्छ। त्यसबाहेक
सम्बन्ध छैन। "
विराटनगरकी आकांक्षा तिम्सिना, २१, छिमेकी र साथीहरूले हिजडा, छक्का भनेर जिस्क्याउन थालेपछि घर छाडेर भारतको आरा पुगिन्। व्यवस्थापनमा १२ कक्षा उत्तीर्ण उनले त्यहाँ अर्केस्ट्रामा काम गरनि्। तर, हिँडडुल गर्न नेपालमा भन्दा गाह्रो भएपछि उनी ६ महिनामै पुनः स्वदेश फर्किन्। कहीँ काम नपाएपछि उनी एक महिनाअघि काठमाडौँ छिरेर यौन व्यवसायमा लागेकी छन्। आएको २० दिनमै उनी प्रहरीको फन्दामा समेत परनि्। प्रहरीले सार्वजनिक स्थलमा होहल्ला गरेको भन्दै उनीहरूलाई पक्राउ गरेर रातभर िहिरासतमा राखेछ र भोलिपल्ट छाडिदिएछ।
"देह व्यापारलाई कानुनले बन्देज लगाएको छ। उनीहरूसँग विकल्प छैन भनेर जान्दाजान्दै हामीले नियन्त्रणमा लिनुपर्छ," महानगरीय प्रहरी परसिर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक
(एसएसपी) सुबोध घिमिरे भन्छन्। प्रहरी प्रभाग सोह्रखुट्टेका प्रहरी निरीक्षक कवित कटवाल तेस्रो लिंगीहरूको समस्या समाधानका लागि राज्यले सोच्नैपर्ने बताउँछन्। भन्छन्, "पक्रने र छाड्ने मात्रै हो कि दिगो समाधान निकाल्ने भन्ने सोच्नुपर्ने भएको छ।"

पकरबास ९ रामेछाप मा निर्माण हुन गईरहेको (सेर टाशी छोलिङ् गोन्पा ) को लागि हाल अमेरिकामा बस्नु हुने रामेछाप गेलु ६ काउलेका श्री लोक मान घिसिङ् ज्युको तर्फबाट आर्थिक सहयोग वापत रु.२५,५,५५ पचिस हजार पाचसय पचपन्न ) स- धन्यवाद प्राप्त भयो समृदि,शान्ति ,कल्याण ,र उद्दारका लागि वहाँले पु-य्ाउनु भएको कुशल कर्मको कारणले उहाँहरुको को चित्तमा बुद्धचित्ता उत्पादन होस् भनि म लगायत गोन्पा परिवार प्रणिधान गर्दछौं,धन्यबाद !
मोक्तान यदि तपाईं हरु पनि सहयोग गर्नुहुन्छ भने तलको ठेगानामा सम्पर्क गर्नुहोला
साउदी अरब मा राज घिसिङ ०५३६१७०९६२
अन्ने सहयोगार्थ बेक्ती हरु निम्न छन्
कान्छी तामांग -------- 11,111 बौद् काठमांडौ
तार माया तामांग -------5,100 सुर्य बिनायक भक्तपुर
प्रताप सिंग ,-------------5,555 भिरपानी
रेशम रुचाल ------- ------5,555 पकरबास ६
नोट
यदि हजुरहरुले सहयोग गर्न इच्छुक हुनुहुन्छ भने हामी तपाईहरु प्रति आभारी छौ ,,, (सेर टाशी छ्ोलिङ गोन्पा परिवार,,,... सम्पर्क नेपालमा ,,ध्यान बहादुर मोक्तान ,राम बहादुर मोक्तान,चण्डिका लला tतामाङ,किरण कान्छी तामांग -------- 11,111 बौद् काठमांडौ
तार माया तामांग -------5,100 सुर्य बिनायक भक्तपुर
प्रताप सिंग ,-------------5,555 भिरपानी
रेशम रुचाल ------- ------5,555 पकरबास ६
नोट
मोक्तान यदि तपाईं हरु पनि सहयोग गर्नुहुन्छ भने तलको ठेगानामा सम्पर्क गर्नुहोला
साउदी अरब मा राज घिसिङ ०५३६१७०९६२
मन्थली- हाम्रो रामेछाप डवली जिल्ला शिक्षा कार्यालय रामेछापले जिल्लाका १३ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कार्यालयले जिल्लास्थित शिक्षकका पेसागत सङ्घ सङ्गठनसँगको सहमतिका आधारमा कम विद्यार्थी र बढी शिक्षक भएका विद्यालयहरु छनोट गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो। तीन दिनसम्म बसेको पेसागत सङ्गठन र शिक्षा कार्यालयका प्रतिनिधिको संयुक्त बैठकले विद्यालयको अनुगमनका क्रममा विद्यार्थी सङ्ख्या १० जनाभन्दा काम भेटिएका र भौगोलिक आधारमा टाढा नभएका १३ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको कार्यालयका उपसचिव हेमन्त बुढाथोकीले बताए।
यसरी बन्द हुने विद्यालयमा सबै प्राथमिक विद्यालय रहेको र ती विद्यालयमा कार्यरत शिक्षकलाई अन्य नजिकैको पायक पर्ने विद्यालयमा समायोजन गरिएको छ। बन्द गर्ने निर्णय भएका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भने नजिकैको विद्यालयमा पढ्न जाने व्यवस्था मिलाइएको पनि बुढाथोकीले जानकारी दिए।
बन्द गर्ने निर्णय भएका विद्यालयमा भीमेश्वर प्रावि रैकाडाँडा सुकाजोर, सरस्वती प्रावि थुम्का सुकाजोर, बुढामहादेवस्थान प्रावि सालु, भुमेस्थान प्रावि कुवापानी माकादुम, तावे छेलिङ गुम्बा प्रावि रस्नालु, नैसा प्रावि फर्पु, ढुङ्गेश्वर प्रावि कुँडहर मन्थली, सिद्धेश्वर जनता प्रावि सुनारपानी भ्यागुरे, हलेश्वरी ओम प्रावि डडुवा, चण्डेश्वरी प्रावि ठिङ्ग्रे रामपुर, बालकल्याण प्रावि मुगीखोला भटौली, इन्द्रावती प्रावि शिखर कटेरी कठजोर र अरुणोदय प्रावि धोवीखोला दोरम्बा रहेका छन्।
तेर्हि प्राथमिक विद्यालय बन्द गर्नुका साथै २३ वटा प्राथमिक विद्यालयको कक्षा १–५ लाई घटाएर १–३ कायम गरिएको छ । दश वटा विद्यालयमा कक्षा १ देखि ३ सम्म एकै शिक्षकले पढाउने गरी बहुकक्षा प्रणालीको व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ।
निर्णय कार्यान्वयनका लागि भने केही समय लाग्न सक्ने पनि बुढाथोकीले बताए । -

काठमाडौ, श्रावण ३ - पाकिस्तानी गिरोहले नेपालको कल रोमिङ दुरुपयोग गरी यहाँका दूरसञ्चार सेवा कम्पनीहरूलाई करोडौं घाटा पुर्याएका छन् । गिरोहले बेलायतको भोडा फोन र स्पेनी सिमकार्डबाट करोडौं नेपाली रुपैयाँ ठगी गरिरहेको पत्ता लागेको हो । त्यसरी रोमिङबाट कल ठगी गर्ने दुई पाकिस्तानी नागरिक ४९ वर्षीय मोहम्मद आसिफ र ४३ वर्षीय नविर उर रहमानलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले कल रोमिङ गरिएका २० भन्दा बढी सिमबाट फोन गरेर एक सातामा झन्डै २ करोड रुपैयाँ बराबर ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस्तो ठगीलाई 'इन्टनेसनल, रेभेन्यु सेयरिङ पड' (आईआरएसएफ) भनिन्छ । यस्ता गिरोहले कल रोमिङ भएका सिमकार्ड नेपालमा ल्याएर यहाँबाट टाढाका देशहरूमा फोन गर्छन् । नेपाल टेलिकम र एनसेल कम्पनीका इन्टरनेसनल गेटवेमार्फत फोन गरेपछि नेपाललाई घाटा लाग्छ । सट्टामा गिरोहका व्यक्तिहरूले फोन गरेका देशका कल सेन्टरहरूलाई फाइदा हुने काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले बताए ।
नेपालबाट कहिल्यै फोन नगएका देशमा एकै रात घन्टौं कुरा भएपछि सेवा प्रदायक कम्पनी पनि चकित भएका थिए । 'एकै रातमा १/२ लाख रुपैयाँभन्दा बढीको फोन हुन थालेपछि एनसेल र एनटीसीले ती सिमकार्ड बन्द गरिदिएका रहेछन्,' घिमिरेले भने, 'यी दुई व्यक्ति पक्राउ परेपछि रोमिङ कलबाट ठगी हुने गरेको खुलासा भयो ।'
उनीहरूले नेपाल टेलिकम र एनसेल प्रालिको रोमिङ प्रयोग गरी इस्टोनिया, लातभिया, लितवानियालगायत मुलुकमा कल गरेर प्रतिमिनेट ४ सय रुपैयाँ नोक्सान पुर्याएको प्रहरीले जनाएको छ । यसअघि भीओआईपीबाट कल बाइपास गर्नेहरू पक्राउ पर्दै आएकामा अहिले कल रोमिङबाट ठगी गर्ने समूह फेला परेको हो । प्रहरीका अनुसार यो गिरोहका मुख्य नाइके बेलायत, पाकिस्तान र मलेसियामा छन् । बेलायतमा रहेका व्यक्तिले कल रोमिङ गरिएका सिमकार्डहरू कुरियर गरेर नेपाल पठाइदिन्छन् । अनि नेपालमा रहेका व्यक्तिले ती सिमलाई सेटमा राखेर ल्यापटपमार्फत फोन गरेका थिए । उनीहरूले इन्टरनेटमा 'डब्लुडब्लुडब्लु डट लाइभ डटकम' बाट फोन गरेर छाडिदिने गर्छन् । प्रहरीका अनुसार फोन गएको देशमा कसैले कुरा नगरी घन्टी मात्र बज्ने र त्योबापत रोमिङको पैसा उता रहेको व्यक्तिले कमिसन पाउँछन् ।
पक्राउ परेकाहरूले नेपाल आउनुअघि मलेसियामा गएर कल ठगीबारे तालिमसमेत लिएको प्रहरीले पत्ता लगाएको छ । यिनीहरूले त्यसरी कल गरेबापत साताको ५ हजार अमेरिकी डलर पाउने गरेका थिए । मलेसियाबाट दुई महिनाअघि विशेषज्ञ टोली नेपाल आएर कल ठगी हुने/नहुने विषयमा अनुसन्धान गरेको थियो ।
कसरी थाहा भो ?
आतंकवादसँग सम्बन्धित अपराध हेर्ने विशेष ब्युरोले ३ साताअघि हवाईमार्ग हुँदै नेपाल आएका असिफ र रहमानमाथि निगरानी गरिरहेको थियो । 'उनीहरू दुई/चार दिन यहाँ बसेर चीनको खासा गए,' एक अधिकारीले भने, 'त्यहाँबाट चीनको गेटवे प्रयोग गरेर फोन गरेको पाइएपछि त्यहींबाट नियन्त्रणमा लिइयो ।'
ब्युरोले आतंकवादसँग सम्बन्धित गतिविधिमा लागेको हुन सक्ने आशंका गरेकामा उनीहरूले आईआरएसएफ गर्ने गरेको बयान दिएका हुन् । बयानका आधारमा काठमाडौं प्रहरीले ठमेलस्थित उनीहरू बसेको होटलमा छापा मारी त्यहाँबाट एउटा ल्यापटप, बेलायती फोनको २६ वटा सिमकार्ड, स्पेनी भोडाफोनको १७ सिमकार्ड, पाकिस्तानी यु सिमको एउटा र एनसेलका ३ सिमकार्ड बरामद गरेको छ । विदेशमा रोमिङ कल गर्न प्रयोग भएका २० वटा मोबाइल सेट पनि बरामद भएको छ । पक्राउ परेकाहरूविरुद्ध एनसेलले झन्डै १ करोड रुपैयाँ बराबर ठगी गरेको अभियोग लगाउँदै काठमाडौं प्रहरीमा जाहेरी दिएको छ । नेपाल टेलिकमले पनि उनीहरूविरुद्ध करोडौं ठगीको मुद्दा हाल्ने तयारी गरिरहेको छ । उनीहरूलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रामेछाप, साउन ३ - छिमेकीको अन्तिम संस्कारमा मलामी गएका रामेछापको माकादुम गाविसका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।असार ५ गते भीरबाट खसेर ज्यान गुमाएकी माकादुम ९ की सपना खत्रीको पोष्टमार्टम नगरी दाहसस्कार गरेपछि ११ जना मलामी प्रहरी हिरासतमा परेका हुन् ।
गर्भवती समेत रहेकी सपनाको असार ५ गते विहान घाँस काट्न जाँदा भिरवाट लडेर ज्यान गएको थियो।
सपनाका वावु लोकवहादुर वोहराले आफनी छोरीको मृत्यु स्वाभाविक नभएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेका सपनाका ससुराले ११ जना मलामी पनि साथै रहेको बयान दिएपछि प्रहरीले छिमेकीलाई पनि पक्रेको हो ।

काठमाडौ, श्रावण ३ - बिशेष अदालतले बिहीबार अवैध सम्पति कमाएको आरोप लागेका गुण्डा नाइके गणेश लामासँग तीन करोड धरौटी माग गरेको छ । करौडौ सम्पति अवैध रुपमा कमाएको आरोपमा उनी पक्राउ परेका थिए । उनलाई धरोटीमा रिहा गर्नको लागि अदालतले तीन करोड मागेको हो । तीन करोड बुझाउन नसकेपछि उनलाई डिल्लीबजार कारागारमा राखिएको छ ।
सम्पति शुद्धिकरण अनुसन्धान बिभागले लामासहित गुण्डा नाइकेविरुद्ध अवैध सम्पति कमाएको आरोपमा मुद्दा दायर गरेको छ ।
फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामा पार्टी अध्यक्ष विजय गच्छदारका निकट छन् । उनले अवैध रुपमा २७ करोड भन्दा बढी रकम ।कमाएको आरोप बिभागको छ ।
काठमाडौ, असार ३० गते । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले ५ खर्ब १७ अर्बको बजेट प्रस्तुत गर्नुभयो ।
- कर्मचारीको तलव १८ प्रतिशत बृद्धि ।
- ५ खर्ब १७ अर्ब बजेट विनियोजन ।
राष्ट्रिय योजना आयोगको सभा हलमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, उच्च पदस्थ सरकारी अधिकारीको उपस्थितिमा अर्थमन्त्री कोइरालाले आर्थिक वर्ष २०७०/७१ को वाषिर्क आय व्यय विवरण प्रस्तुत गर्नुभयो
- चुनावका लागि १६ अर्ब छुट्याइएयो ।
- राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट छुट्याइएयो ।कम्मोडिटी बजारको नियम नेपाल धितोपत्र बोर्डले गर्ने ।
- बचत तथा ऋण सहकारीको नियमनका लागि छुट्टै संयन्त्र बनाइने ।
- एमआरपीको फर्म अनलाइनबाटै भर्ने व्यवस्था गरिने ।
- पेट्रोलियम पदार्थको मुल्य अन्तराष्ट्रिय मुल्य अनुसार समायोजन हुने संयन्त्र बनाइने ।
- लोककल्याणकारी विज्ञापनको रकममा २५ प्रतिशत वृद्धि ।
- २००८ साल देखिका राजपत्रलाई विद्युतिय स्टोर गरिने ।
- पोखरा र गौतम बुद्ध विमानस्थलका लागि मुआब्जा दिन रकम विनियोजन ।
- सन् २०२२ सम्म देशलाई विकासशील देशको रुपमा टेकाउने १३ योजनाको लक्ष्य ।
- राष्ट्रिय गौरवका आयोजनमा बजेट बृद्धि । केही कार्यक्रम थप ।
- गौतम बुद्ध, पोखरा विमानस्थलका लागि, निजगढमा विमानस्थल बनाउन आवश्यक बजेट विनियोजन ।
- कलंकी-कोटेश्वर सडकलाई ८ लेन बनाइने, ५१ करोड छुट्याइयो ।
- विभिन्न निर्माणाधिन सडकका लागि पनि रकम विनियोजन ।
- सवारी दर्ता कागजलाई स्मार्ट कार्डमा परिवर्तन गरिने ।
- ३१ हजार युवालाई तालिमका लागि ६१ करोड विनियोजन ।
- निरक्षरलाई साक्षर बनाउन १ अर्ब ।
- प्राकृतिक विपद्मा परेका विद्यालयलाई बजेट विनियोजन ।
- ७५ वर्ष पुगको बृद्ध र १५ वर्ष मुनिकालाई निःशुल्क मुटुरोग उपचार ।

- शहरी क्षेत्रको पूर्वाधारमा नीजि क्षेत्र सँग सहकार्य गरिने ।
- आमा सुरक्षा कार्यक्रम, प्रसव व्यथा लागेका सबैलाई स्वास्थ्य केन्द्रमा सरकारले पुराउँछ ।
- १५ वर्ष मुनि र ७५ वर्ष माथिका सबै मुटुरोगीको निःशुल्क मुटु रोगको उपचार गरिने ।
- १५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम ।
- कक्षा एक देखि कक्षा आठ सम्म सबै छात्रालाई छात्रवृत्ति ।
- एक जिल्ला एक उत्पादन १५ जिल्लामा लगिने ।
- मध्यपहाडी जिल्लामा ३०० वटा प्लास्टिक पोखरी बनाइने ।कलंकी(कोटेश्वर सडकलाई ८ लेन बनाइने, ५१ करोड छुट्याइयो ।
- विभिन्न निर्माणाधिन सडकका लागि पनि रकम विनियोजन ।
- सवारी दर्ता कागजलाई स्मार्ट कार्डमा परिवर्तन गरिने ।
- ३१ हजार युवालाई तालिमका लागि ६१ करोड विनियोजन ।
- निरक्षरलाई साक्षर बनाउन १ अर्ब ।
- प्राकृतिक विपद्मा परेका विद्यालयलाई बजेट विनियोजन ।
- ७५ वर्ष पुगको बृद्ध र १५ वर्ष मुनिकालाई निःशुल्क मुटुरोग उपचार ।
- शहरी क्षेत्रको पूर्वाधारमा नीजि क्षेत्र सँग सहकार्य गरिने ।
- आमा सुरक्षा कार्यक्रम, प्रसव व्यथा लागेका सबैलाई स्वास्थ्य केन्द्रमा सरकारले पुराउँछ ।
- १५ वर्ष मुनि र ७५ वर्ष माथिका सबै मुटुरोगीको निःशुल्क मुटु रोगको उपचार गरिने ।
-१५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७०/७१ को वार्षिक आयव्यय अनुमान (बजेट)लाई अनुमोदन गरेको थियो। स्रोत::::: गोर्खा पत्र अनलाइन
चितवन, २९ असार। चितवनस्थित चितवन मेडिकल कलेजका प्रबन्ध सञ्चालकलाई अपहरण गरि ज्यान मार्ने धम्की दिदै एक समूहले ५० लाख रुपैयाँ माग गरेको छ। भिओआइपी नम्बरबाट फोन गरी तराई टाइगर्सका नाममा उनीसँग ५० लाख माग गरेको छ। केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले घटनाको अनुसन्धान थालेको छ। तर, भिओआइपी नम्बरबाट फोन आएकोले धम्की दिने गिरोहको पहिचान हुन नसकेको बताएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ; नयाँ पत्रिका
काठमाण्डौं, असार २९ । बिहानको साढे ११ बजेको छ । राजधानीको शंखपार्कमा एक युवती हुनेवाला श्रीमान्को पर्खाइमा छिन् । समय मिलाएर भेट्ने वाचाअनुसार पार्कमा पर्खिरहेकी ती युवतीमाथि एकाएक पत्याउनै नसक्ने प्रकृतिको अपराध हुन्छ ।
गत बुधबार मात्र विवाहका लागि इन्गेजमेन्ट गरेका मेडिकल डाक्टरको जोडी आइतबारका लागि तय भएको विवाह समारोहको सामान खरिदमा सल्लाह गर्न शंखपार्क भेट्ने योजनामा थिए । योजनाअनुसार चितवनस्थित एक अस्पतालमा कार्यरत डाक्टर रमिता (नाम परिवर्तन) हुनेवाला श्रीमान् डा. रामप्रसाद (नाम परिवर्तन) भन्दा केही चाँडो आइपुगिन् ।
दुलहा ढिलो आउने भएपछि पार्कको एउटा मेचमा उनी एकसुरले बसिरहेकी छन्, बिहेपछिको सपना सजाएर । सुन्दर पहिरनमा सजिएकी उनले केहीबेरको त्यो पर्खाइमा जीवनभरको सपना देखिरहेकी थिइन् । तर, अनयासै उनीमाथि वज्रपात भयो । विडम्बना ! दुलहा आइनपुग्दै उनले सामाजिक र मानसिक रूपमा गम्भीर अपराधको सामना गर्नुप¥यो, त्यो पनि क्षणभरमै । विवाहको अन्तिम तयारीमा रहेकी रमीता सोझो शब्दमा व्याख्या गर्न नसक्ने अपराधको सिकार बनिन् ।
पार्कभित्रै रहेका सप्तरी निवासी ३३ वर्षीय राजकुमार सिंहको कुण्ठित यौनकुण्ठाको सिकार बनिन् उनी । हुनेवाला श्रीमान्को पर्खाइमा एकोहोरो सोच बनाएर बसिरहेका बेला सिंहले आफ्नो यौनकुण्ठा मात्र मेटाएनन्, उत्तेजित बन्दै स्खलित भएपछि युवतीको शरीरभरि आफ्नो वीर्य नै छर्किदिए । भावी श्रीमान् आइनपुग्दै सिंहको यौन उत्तेजनाको सिकार भएकी रमिताको छातीलगायत शरीरको अग्रभाग सिंहको वीर्यबाट पूर्ण रूपमा भिज्न पुग्यो ।
रमिताका दिन बलिया थिए या युवामा अपराध भावना बढ्न नपाएर हो, उनी मध्य दिउँसो बलात्कारबाट भने जोगिन सफल भइन् । पछाडि लुकेर बसेका सिंहले आवेगमा आएर स्वयंमा यौन चाहना मेटाएपछि आफ्नो यौन अंगबाट निस्किएको वीर्य रमिताको शरीरमा छर्के । सोच्नै नसकेको घटना भएपछि पीडित डाक्टर जोडीले नजिकै रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जमा खबर गरे ।
प्रहरी फसादमा
खबरलगत्तै आएको प्रहरी टोलीले सिंहलार्ई तत्काल पक्राउ गरी कार्यालय पुर्यायो । हुनेवाला श्रीमतीलाई दुव्र्यवहार गरेको भन्दै रामप्रसादले तत्काल उजुरी लेखाए । तर, उजुरीपछि भने प्रहरीलाई निकै फसाद पर्यो । प्रहरीको नजरमा अहिलेसम्म फेला नपरेको प्रकृतिको अपराधका दोषी भेटिएपछि के मुद्दा लगाउने भन्ने अन्योलमा प्रहरीले निकै समय गुजार्नुप¥यो ।
‘अपराधीलाई पक्राउ गरेर त ल्याइयो, तर नौलो प्रकृतिको र पहिलो पटक यस्तो केस आएकाले के मुद्दा लगाउने भन्ने अन्योल भयो,’ वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जीवनकुमार श्रेष्ठले भने । मुद्दा लगाउन प्रहरीले कानुनका ठेली पल्टायो । आपसमा सल्लाह भयो ।
तर, के मुद्दा लगाउने भन्ने अन्योल हट्न सकेन । अन्योल बढेपछि सरकारी वकिलको रायमा सिंहलाई प्रहरीले जबर्जस्ती करणी उद्योगअन्र्तगत मुद्दा चलाउने निर्णय लियो । लगत्तै यौनकुण्ठित सिंहलाई काठमाडौं जिल्ला अदालत लगेर अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति लियो ।
अनुमति लिन जानुअघि समेत प्रहरीलाई निकै असजिलो भएको थियो । थुनामा राख्ने अनुमति लिन जाँदा घटना विवरण कसरी सुनाउने भन्ने संकोचका कारण केही प्रहरीले त अदालतसम्म जानसमेत आनाकानी गरेका थिए । तर, अनुमति लिनैपर्ने बाध्यताका कारण अदालतमा घटना विवरण सुनाएर म्याद लिएको प्रभागका प्रहरीहरू बताउँछन् ।
यौन उत्तेजना मेट्न सप्तरी निवासी सिंहले गरेको यो हदसम्मको व्यवहारलाई घटनास्थल पुगेर नियालेका प्रहरी अधिकारीहरूले भने जीवनकै नौलो भएको प्रतिक्रिया दिएको राजधानी दैनिकमा खबरछ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘सिंहको हर्कत कुनै अश्लील चलचित्रको दृश्यभन्दा कम थिएन, हामीलाई पनि भन्न सक्ने आँट थिएन, सबै एकअर्काको मुख हेरेर बस्नुप¥यो ।’
यो घटनाले नेपालमा अपराधको नयाँ प्रकृति र तरिकाको रहस्योद्घाटन मात्र गरेको छैन, नेपाली समाज कता जाँदै छ भन्ने गम्भीर चिन्तासमेत थपेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । यो नौलो घटना सार्वजनिक भएसँगै राजधानीका सार्वजनिक स्थलहरू नै सुरक्षित छैनन् भन्ने संकेत गरेको छ ।
यो घटनाले उपत्यकामा बढ्दो महिला हिंसा र यौनकुण्ठा कुन रूपमा विकसित हुँदै छ भन्ने सन्देश पनि दिएको छ ।अनलाइन खबर मा पनि यो खबर प्रकाशित भए पछी हामीले साभार गरिएको हो ।