डाक्टरले उमारे पाखुरामा कान, अब सरिरको जुनसुकै अंगमा कान उमार्न सकिने ,,,,


चिनियाँ डाक्टरहरुले पेटमा नाक तथा खुट्टामा हातको कलमी गरेको र त्यसरी टुसाएका अंगलाई वास्तविक ठाउँमा लगेर जोडेको समाचार केही समय पहिले आएका थिए । चिकित्सा जगतको यस्तो आश्चर्यजनक सफलताले उपचार पद्दतिमै नयाँ आयाम ल्याइदिएको छ ।
हुन त थ्री डी प्रिन्टरबाटै मानिसका अंगहरु नै प्रिन्टर गरेर निकाल्ने र त्यसलाई चाहिएको ठाउँमा प्रत्यारोपण गर्ने जमाना समेत आइसकेको छ । चिकित्सा क्षेत्रको यो चमत्कार अब चीन तथा पश्चिमा देशहरुमा मात्र सीमित रहेन । हाम्रो छिमेकी देश भारतका डाक्टरहरुले पनि यस्तै चमत्कार गरिदिएका छन् ।
भारतको दिल्लीस्थित एक अस्पतालका डाक्टरहरुले मानिसको हातमा कान उमारिदिएका छन् । दिल्लीको जयप्रकाश अस्पतालका प्लास्टिक सर्जरी विभागका डाक्टरहरुले विरामीको छातीबाट छाला तथा मांशपेशी निकालेर त्यसलाई हातमा प्रत्यारोपण गरी त्यसबाट हातमै कान उमारिदिएका छन् । बिरामीको हातमा एउटा कान पूर्णरुपमा विकशित भैसकेको छ र अब यसलाई कानको ठाउँमै लगेर प्रत्यारोपण गर्ने तयारी भैरहेको छ ।
विभागका डाक्टर पीएस भण्डारीका अनुसार यो कृत्रिम कान हो । उनका अनुसार छातीबाट निकालिएको छालासहितको मासुको डल्लोलाई हातमा कलमी गरियो र विशेष प्रविधिबाट त्यसलाई कानको स्वरुपमा विकशित हुन दिइयो । दुबै कान जलेर बुच्चो भएका एक २२ वर्षका युवकमा यो प्रयोग गरिएको हो ।
यसरी हातमा कान उमार्नु सजिलो थिएन । डाक्टरहरुलाई यसो गर्न ठूलै मेहेनत गर्नुपर्यो र लामो समय पनि लाग्यो । यसलाई डाक्टरहरुले तीन चरणमा पूरा गरे ।
पहिलो चरणमा छातीबाट करङको पत्र निकालियो जुन कुरकुरे हड्डीजस्तै थियो । त्यसपछि त्यसलाई विशेष मेसिनमा हालेर कानको जस्तो फ्रेमवर्क बनाइयो ।

सुरुमा कोषिकाको फैलावटका लागि युवकको हातमा सुई दिइयो । त्यसपछि पाखुराको छालामा बेलुनजस्तो फोका उठ्यो । सोही भागमा सर्जरी गरेर कानजस्तो बनाइएको मासु प्रत्यारोपण गरियो । त्यसपछि प्रत्यारेपण गरिएको त्यो मासुको डल्लो ठ्याक्कै कानकै आकारमा विकाश हुन थाल्यो । अहिले पाखुरामा पूरै कान निर्माण भैसकेको देखिन्छ ।
डाक्टरहरु उक्त कानलाई हातबाट निकालेर अब टाउकाको जलेको कानमा लगेर प्रत्यारोपण गर्नेछन् ।

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

यो पोस्ट कस्तो लाग्यो हजुर हरुलाई कृपया प्रतिक्रिया दिनु होला हामीलाई हजुरहरुको सल्लाह शुझाब्को खाँचो छ सल्ला शुझाब दिनुहोला फुर्सदमा हाम्रो साइट तिर पनि भिजिट गर्दै गर्नुहोला