२० मंसिर, विराटनगर । संविधानमा सबैलाई समान अधिकार दिएको भएपनि मधेसी समुदायमा भने यस विषयमा भ्रम फैलाइएको छ ।युवा सङ्घ नेपालको आयोजनामा विराटनगरमा आज आयोजित ‘नयाँ संविधान, नाकाबन्दी र मधेसमा जारी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा मधेस आन्दोलनबाट मधेसी जनता नै बढी पीडित रहेको, संविधानमा नेपाली जनताको हकअधिकार समेटिएको र संविधानमा उल्लिखित अधिकारको विषयमा जनतामा जानकारी गराउनुपर्ने सम्बन्धमा वक्ताहरुले जोड दिएका थिए ।
Your are browsing : अन्तराष्ट्रिय