तपाईलाई काम लाग्ने १४ वोटा कम्प्युटरको सर्टकर्ट key हरु


धेरैजसो कम्प्यूटर विज्ञ या भनौँ अधिकांश कम्प्यूटर चलाइरहने व्यक्तिहरूलाई त साधारण किबोर्ड सर्टकटको बारेमा थाहै होला, जस्तै; कुनै डकुमेन्ट प्रिन्ट गर्नको लागि Ctrl+P,  तर के तपाईँलाई थाहा थियो? कि यस्तै अन्य थुप्रै सर्टकटहरू छन्, जुन एकदमै प्रयोगशाली र सजिलो छ।
कुनै तस्विरलाई जूम गरेर एकैचोटि ठूलो बनाउने देखि लिएर ब्राउजर विण्डो बन्द गर्नेसम्म, यी सर्टकटहरूले तपाईँको कम्प्यूटर अनुभवलाई अझ बढि रसिलो बनाउँदछ, या भनौँ कम्प्यूटर र इन्टरनेटलाई औँलाको टुप्पामा नचाउन सकिन्छ। किनकी (कम्प्यूटर प्रेमिलाई थाहा हुन्छ) हरेक सेकेण्डको महत्व हुन्छ।
१. बुकमार्क राख्न
Chrome मा तपाईँले खोलिराख्नुभएको पेज वा ट्याबलाई पछि सजिलै खोल्न अथवा हेर्नको लागि त्यस पेजलाई Bookmark गरेर राख्न सक्नुहुन्छ। त्यसको लागिः
विण्डोज कम्प्यूटर:- Ctrl+D
एप्पल कम्प्यूटर:- Command+D
तपाईँले जति पनि पेजहरू वा ट्याबहरू खोलिराख्नुभएको छ, त्यो सबैलाई Bookmark गर्नको लागिः
विण्डोज:- Ctrl+Shift+D
एप्पल:- Command+Shift+D
अब तपाईँले बुकमार्क गरेर राख्नुभएका पेजहरूलाई हेरेर खोल्नको लागिः
विण्डोजः- Ctrl+Shift+O
एप्पल:- Command+Shift+O
२. सँधैको लागि Delete गर्न
के हुन्छ भन्दा, तपाईँले कुनै फाइललाई हटाउनको लागि Delete बटन मात्रै थिच्नुभयो भने त्यो फाइल पूर्णरूपले हटेको हुँदैन, Recycle Bin मा गएर बस्दछ, जसले C: ड्राइभको ठाउँ ओगट्दछ। त्यसैले फाइललाई Delete गर्दा रिसाइकल बिनमा नबस्ने गरी हटाउनको लागिः
विण्डोज + एप्पल‍:- Shift+Delete
अनि यदि तपाईँले झुक्किएर कुनै फाइललाई Delete मात्रै गर्नुभयो र त्यसलाई फेरि फिर्ता ल्याउन चाहनुहुन्छ भनेः
विण्डोजः- Ctrl+Z
एप्पलः- Command+Z
तर Shift+Delete गर्नुभएको छ भने चाहिँ फिर्ता ल्याउन मिल्दैन।
३. Desktop देखाउन
मानौँ, तपाईँले कुनै काम गर्नुभएको छ या भनौँ Microsoft Word मा डकुमेन्ट टाइप गरिराख्नुभएको छ वा Chrome चलाइराख्नुभएको छ अनि तपाईँलाई Desktop मा जान मन लाग्यो भनेः
विण्डोजः- WindowsKey+D
एप्पलः- F11
अब डेस्कटपबाट फेरि तपाईँले काम गरिराख्नुभएकै ठाउँमा जानको लागि फेरि त्यहि बटन थिचेर फिर्ता जान सक्नुहुन्छ।
४. Zoom गर्न
चाहे कुनै पनि Browser खोलिराख्नुभएको छ वा कुनै डकुमेन्ट टाइप गर्ने सफ्टवेयर खोलिराख्नुभएको छ, त्यसमा Zoom गर्नको लागिः
विण्डोजः- Ctrl+ Mouse Scroll
एप्पलः- Command+(Plus or Minus Sign)
५. Browser मा बन्द भएको ट्याबलाई फेरि खोल्न
वेबसाइट हेर्दा हेर्दै झुक्किएर कहिल्यै बन्द गर्नुभएको छ? यदि त्यस्तो भूल गर्नुभएको छ र फेरि त्यहि पेज खोल्न चाहनुहुन्छ भनेः
विण्डोजः- Ctrl+Shift+T
एप्पलः- Command+Z
६. Screenshot लिन
तपाईँको कम्प्यूटर स्क्रीनमा जे-जति कुराहरू देखिएका छन्, ती सबैको स्क्रीनसट लिनको लागिः
विण्डोजः- Print Screen त्यसपछि Word अथवा Paint मा गएर Ctrl+V गर्नुहोस्।
एप्पलः- Command+Shift+3
७. Browser मा पहिलेको पेजमा जान
तपाईँले अहिले जुन पेज हेरिराख्नुभएको छ, त्यो भन्दा पहिला कुन पेज खोल्नुभएको थियो? त्यो पेजमा जानको लागिः
विण्डोजः- Alt+←
एप्पलः- Command+←
८. Grammar र Spelling सच्याउन
अङ्ग्रेजीमा टाइप गर्दा अनेकौँ हिज्जे र व्याकरण भूल भएको हुन सक्छ। त्यसलाई सच्याउनको लागिः
विण्डोज ‌+ एप्पलः- F7
९. सीधै चाहेको वेबसाइट जान
Brower को Address Bar मा www.google.com लेखेर समय खेर फाल्नुभन्दा सीधै त्यो पेजमा जानको लागि google लेख्नुहोस् अनिः
विण्डोजः- Ctrl+Enter
एप्पलः- Command+Enter
जस्तैः facebook लेख्नुहोस् अनि Ctrl+Enter थिच्नुहोस्।
१०. Task Manager खोल्न
तपाईँले खोलेको कुनै पनि Windows अथवा सफ्टवेयरले कति प्रोसेसर ओगटिरहेको छ भनेर थाहा पाउन अनि त्यसलाई सजिलैसित बन्द गर्नको लागि Task Manger खोल्नुपर्दछ। त्यसको लागिः
विण्डोजः- Ctrl+Shift+Esc
एप्पलः- Command+Shift+Esc
११. Rename गर्न
कुनै पनि फाइल अथवा फोल्डरलाई नामाङ्करण गर्नको लागि Right Click गरेर Rename गरिराख्नुभन्दा यसो गर्न सक्नुहुन्छः
विण्डोजः- F2
एप्पलः- Command+I
१२. फाइल वा फोल्डरको विशेषता जान्न
तपाईँको कम्प्यूटरमा भएका कुनै पनि फाइल अथवा फोल्डरको साइज कति छ, कुन ठेगानामा छ अनि त्यसको अन्य विशेषताहरू के-के छन् भनेर थाहा पाउन तपाईँले Right Click गरेर Properties मा क्लिक गर्नुहुन्थ्यो होला। तर त्यसको लागि एउटा गज्जबको सर्टकट छः
विण्डोजः- Alt+Enter
एप्पलः- Ctrl+Click
१३. युनिकोड परिवर्तन गर्न
यदि तपाईँले नेपाली युनिकोड प्रयोग गरेर नेपाली टाइप गर्नुहुन्छ भने यो सर्टकट प्रयोगमा आउँदछ। अङ्ग्रेजी बाट नेपालीमा जान र नेपालीबाट अङ्ग्रेजीमा जानः
विण्डोज ‌‌+ एप्पलः- Alt+Shift
१४. Settings खोल्न
Start Menu मा गएर नानाभाति गरिराख्नुभन्दा सीधै Settings खोल्नको लागि यो सर्टकट बटन थिच्न सक्नुहुन्छः
विण्डोजः- Windows+I
 source : nepaliheadlines

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

यो पोस्ट कस्तो लाग्यो हजुर हरुलाई कृपया प्रतिक्रिया दिनु होला हामीलाई हजुरहरुको सल्लाह शुझाब्को खाँचो छ सल्ला शुझाब दिनुहोला फुर्सदमा हाम्रो साइट तिर पनि भिजिट गर्दै गर्नुहोला