रोजगारका लागि दुबई गएका संखुवासभा मंडेपोवरी ३ का अनीश खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।दुबईमा महिलाले सञ्चालन गरेको व्यापारीक भान्सामाकाम गर्ने नेपाली र पाकिस्तानीबी भएको झडपमा एक पाकिस्तानीको मृत्यु भएको थियो। सोही अभियोगमा राईविरुद्ध मुद्दा चलाइएको थियो। अदालतले शनिबार मृत्युदण्ड सजाय सुनाएका राई ८ महिनादेखि अबुधाबीको अलेन कारागारमा छन् । राईलाई फाँसी सजाय दिएको खबर आइतबार विहान पाएपछि डेढवर्षे छोरासहित पत्नी बिना राई परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर घटनाको छानबिन गर्न र जीनव रक्षाका लागि पहल गरिदिन माग गरेकी छन्। उनी पाकीस्तानीसँगको झगडामा गत कात्तिक ९ गते जेल परेका थिए। तर, झगडामा घाइते भएका पाकिस्तानीको मृत्यु भएपछि हत्या अभियोगमा राईविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो। श्रोत : अन्नपूर्ण पोष्ट
दोहा, असार ३० - अफगानिस्तान बिरुद्ध जासुसी गरेको आरोपमा २० बर्षे कारावास सजाय बेहोरिरहेका तनहुाका तिलकबहादुर थापालाई
अफगानी राष्टपति हमिद कारजाहीले माफी दिय पछि उनी आइतबार नेपाल र्फकने भएका छन् ।
दुइ महिनायता काबुलस्थित कारागारमा राखिएका उनलाई राष्टपतिको माफी (एम्नेष्टी) दिनासाथै अफगान अधिकारीकै रहोबरमा बिमानस्थलसम्म ल्याई बिशेष सतर्कताका साथ दुबइ हुँदै काठमाडौं फिर्ता गरिएको थियो ।
गत मे महिनामा अफ्गानिस्तान मामला समेत हेर्ने इश्लामाबादस्थित राजदूत भरतराज पौड्यालले राष्टपति कारजाईसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा थापाको माफी र रिहाईका लागि आग्रह गरेका थिए । त्यस अवसरमा राजदुत पौड्यालले नेपाल सरकारका तर्फबाट लेखिएको अनुरोध पत्र राष्टपति कारजाइसमक्ष बुझाएका थिए । 'क्षमादान पाएपछि मैंले तिलकबहादुरसँग फोनमा कुराकानी गरें, उनी अफगान सरकारसँग कृतज्ञ छन्',राजदूत पौड्यालले फोनमा भने ।
थापाको रिहाईपछि ईस्लामाबादस्थित दुतावासबाट जारी बिज्ञप्तीमा अफगान सरकारप्रति हार्दिक आभार जनाइएको छ । तनहुँका थापा आफ्गानिस्तानमा बिगत ७ र्बषदेखि कार्यरत थिए ।
२०११ को अपि्रल १९ मा हेल्माण्ड प्रान्तमा रहेका उनले काम गर्ने कन्ट्याक्ट कन्स्टक्सन कम्पनीबाटै उनी गिरफ्तार भएका थिए । अफगानि शक्तीशाली जासुसी सास्था नेशनल डिरेक्टोरेट अफ ईन्टेलिजेन्स (एनडिएस) का अधिकारीले उनी सहित एक पाकिस्तानी र दुई आफ्गान सहकर्मीलाई पाकिस्तानी जासुसी सास्था आईएसआईलाई ईमेलर्माफत सुचना विवरण चुहाउने काम गरेको आरोप लगाएका थिए । यो अभियोगमा हेलमान्डको प्रान्तीय अदालतले थापालाई पहिले १६ र्बष कैद सजाय तोकेको थियो । सर्वोच्चमा पुगेको यो मुद्धामा न्यायधिसले थप ४ र्बष गरि २० र्बष कैद तोकेका थिए। हेल्माण्डस्थित जेलमा कैद सजाय भोगिरहेका थापालाई राजदूत पौडेलले अनुरोध गरेको भोलिपल्टै काबुलस्थित तौकिफ भनिने डिटेन्सन सेन्टरमा ल्याईएको थियो । थापाले भने उक्त आरोपको खण्डन र्गदै आएका छन्
२९ असार, दोहा । कतारस्थित लुसेल सिटीमा बस पर्खिरहेका कामदाहरुलाई ‘चार पांग्रे’ सवारीले ठक्कर दिँदा शुक्रबार दिउँसो पाँच नेपालीको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन् । दुर्घटनामा एक भारतीय नागरिकको पनि ज्यान गएको छ ।
आफ्नो काम सकेर क्याम्प फर्कन कार्यरत कम्पनीको बस पर्खिरहेका बेला चार पाङग्रे सवारी साधनले ठक्कर दिएको थियो । उक्त सिटीमा भव्य सुविधाजनक सहर निर्माणाधीन छ ।
मृतकको शव हमाद अस्पतालमा राखिएको छ । नेपाली दूतावासका श्रम सहचरी इन्द्रदेव पाण्डेका अनुसार मृत्यु हुनेमा बर्दियाका पटवरी चौधरी, रौतटहको कटहरिया ७ का विवेकानन्द शाह, महोत्तरीको गौशाला ८ का रामचन्द्र महतो, गोर्खाका अर्जुन गौतम र बर्दियाका आशाराम थारु छन् । मृत्यु हुने सबै २० देखि ३० बर्षका छन् । दुर्घटनामा बर्दियाका आइतबरी चौधरीको खुट्टा भाँचिएको छ । उनको सफल उपचार भएको छ ।
उनीहरुमध्ये तीन जनाको घटनास्थलमै र दुईको हमाद अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । कान्तिपुर दैनिक