भारतले २०१७ मा ८० मेगावाट नेपाललाई दिने


भारतले सन् २०१७ को डिसेम्बरसम्म ६ सय मेगावाट बिजुली नेपाललार्इ दिन मिल्ने गरी विद्युत प्रशारण लाइनको स्तरोन्नती गर्ने भएको छ।

 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको भेटमा अर्को वर्षसम्म प्रशारण लाइनको स्तरोन्नती गर्ने सम्झौता भएको हो। भारतले यही वर्षको अक्टुबर महिनासम्म २०० मेगावाट विद्युत भारतले नेपाललाई दिने छ। भेटपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले  अन्तरदेशीय प्रशारण लाइन विस्तार गरेर अर्को वर्षसम्म ६०० मेगावाट विद्युत दिन मिल्ने गरी स्तरोन्नती गरिने बताए।  

 

यसैबीच शनिबारदेखि नै भारतबाट ८० मेगावाट थप विद्युत नेपाल आयात भएको छ। केही दिनअघि निर्माण सकिएको मुजफ्फर ढल्केबर प्रसारण लाईनको दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा स्विच अन गरेर उद्घाटन गरेका थिए। 

 

नेपाल विद्युत प्राधिकरणले भारतबाट ८० मेगावाट विद्युत आयात भए अहिले भइरहेको लोडसेडिङ दैनिक २ घन्टा घट्ने बताएको छ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

यो पोस्ट कस्तो लाग्यो हजुर हरुलाई कृपया प्रतिक्रिया दिनु होला हामीलाई हजुरहरुको सल्लाह शुझाब्को खाँचो छ सल्ला शुझाब दिनुहोला फुर्सदमा हाम्रो साइट तिर पनि भिजिट गर्दै गर्नुहोला